हास्य कलाकार हरिवंश आचार्यको दोस्रो कृति ‘हरिबहादुर’
काठमाडौँ । हास्य कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास ‘हरिबहादुर’ बजारमा आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गर्नुभएको हो ।