
काठमाडौं । बझाङ केन्द्रविन्दू भएर पुन भूकम्प गएको छ । सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर लगातार भूकम्प गइरहेको छ । आइतबार पनि रुकुम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प थियो ।
गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दू भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । जसमा ठूलो जनधनको क्षति भएको थियो । त्यसपछि पनि सयौँ पराकम्पहरु आइरहेका छन् ।