
निट्को टायल्सको नयाँ स्टोर
निट्को टायल्स कम्पनीले नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमकाबिच विश्वमै लोकप्रिय बन्दै गएको निट्को टायल्स कम्पनीले नेपालमा सवैभन्दा ठूलो र नवीन प्रयोगात्मक केन्द्र सार्वजनिक गरेको हो । काठमाडौंको गौशालामा अवस्थीत उक्त स्टोरले ग्राहकहरूको प्रमियमटाइल्स, मार्बल र मोजकटाईल सम्बन्धि जानकारी दिने, टाइलको डिजाईन, प्रयोग गर्ने तरिकालाई पुनः परिभाषित गर्ने र नयाँ प्रबिधि र गुणस्तरमा अगाडी बढ्ने कम्पनिले जनाएको छ । ंयस्तै उक्त नयाँ स्टोर घर तथा व्यावसायीक परियोजनामा नयाँपन ल्याउन खोज्ने जो कोहिका लागी पनि गन्तव्य बन्न सक्ने कम्पनिले जनाएको छ । यस्तै निट्कोका टायल्सहरु निकै मजबुत, टिकाउ, र सुपथ मूल्यमा पाइने भएकालेपनि यसले सजिलै ग्राहकहरुको मन जित्ने कम्पनिको भनाई छ ।
कर उठाउन सचेतनामूलक कार्यक्रम सञ्चालन
आन्तरिक राजस्व कार्यालय चितवनले कर उठाउन विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरेको छ । १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा करदातालाई करबारे सचेत गराउदै सम्मान तथा सुझाव संकलन गरिएको राजस्व कार्यालयले जनाएको छ। चितवनमा करदाताहरुसँग राजस्व कार्यालयको सेवा, सुविधा र करदातालाई परेको समस्याको बारेमा छलफल गरिएको राजस्व कार्यालयले उल्लेख गरेको छ । यस्तै चालू आर्थिक वर्षको चार महिनामा लक्ष्यको ७० दशमलव ४१ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । चितवनमा कात्तिकसम्म सात अर्ब ४० करोडको राजस्व उठाउने लक्ष्य लिएकोमा पाँच अर्ब २२ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको समेत कार्यालयले जनाएको छ।
तराई–मधेस द्रुतमार्ग निर्माण कार्य सुस्त
तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सुरू भएको ६ वर्षमा पनि न्युन भौतिक प्रगति देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको वित्तीय प्रगति (मोबिलाइजेसन समेत) जम्मा २९ दशमलव ३२ प्रतिशत र भौतिक प्रगति २७ दशमलव १९ प्रतिशत मात्रै भएको सेनाले जनाएको छ। सरकारले २०७४ वैशाख २१ गते मन्त्रीपरिषदबाट निर्णय गरी सेनालाई निर्माण व्यवस्थापनको जिम्मा दिएको हो। यो आयोजना २०७४ साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई हस्तान्तरण भएको थियो।
रेमिट्यान्समा उल्लेख्य सुधार
पछिल्लो समय नेपालमा भित्रिने रेमिट्यान्सको मात्रा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा मात्रै ७ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जसअन्तगर्त साउन महिनामा १ खर्ब १६ अर्ब २ करोड, भदौमा २ खर्ब २८ अर्ब ३७ करोड र असोजमा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स नेपालमा आएको छ । यसमा असोज महिनामा अहिले सम्मकै ठुलो परिमाणमा रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउछ । यसमा पनि दसैं, तिहार, छठ जस्ता चाडबाड अझै धेरै रेमिट्यान्स भित्रिएको हुन सक्ने विज्ञहरुको भनाई छ ।
करोडौँको नोक्सानीमा रसुवागढी हाइड्रोपावर
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै रसुवागढी हाइड्रोपावर कम्पनी घटामा गएको छ । उक्त कम्पनि चालु आर्थिक वर्षको असोजसम्ममा एक करोड ५३ लाख रुपैयाको नोक्सानीमा गएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३५ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनिले उल्लेख गरेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ९० पैसा ऋणात्मक छ । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ८७ रुपैयाँ छ । यस कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमता भएको रसुवागढी जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेको छ । यसको ९७ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।