१६ कार्तिक २०८०, बिहीबार
  • त्रिगुणा भट्टराई बस्नेत

काठमाडौँ । बाँझोपनाको समस्याका लागि इनभिट्रो फर्टिलाइजेसन (आइभीएफ) प्रविधि निकै लोकप्रिय बनेको छ । साथै अहिले आइभीएफ सेन्टरहरु खुल्ने क्रम पनि बढेको छ । तर अहिले खुलेका ५० भन्दा बढी आइभीएफ सेन्टरमध्ये अधिकांश अवैध रुपमा संचालित रहेका छन् ।

आइभीएफ प्रविधि बाँझोपनाको समस्या पहिचान गरी समाधान गर्ने तथा बच्चा नभएका दम्पत्तिका लागि बच्चाको चाहना पुरा गर्ने एक भरपर्दो प्रविधि हो । पछिल्लो समय यो प्रविधि नेपालमा पनि निकै लोकप्रिय बनेको छ । तर विडम्बना के छ भने नेपालमा सञ्चालमा आएका ५० आइभीएफ मध्ये ९ आइभीएफ सेन्टरले मात्र सञ्चालनको लागि अनुमति लिएका छन् ।

अनुमति लिएर सञ्चालन भएका ९ आइभीएफ सेन्टरहरु :

वात्सल्य नेचुरल आईभीएफ सेन्टर
क्रियटर्स आईभीएफ नेपाल
वरदान फर्टिलिटी सेन्टर
नर्भिक अन्तर्राष्ट्रिय हस्पिटल
मनमोहन आईभीएफ सेन्टर
नेपाल इन्टरनेशनल एण्ड ल्याप्रोस्कोपी
स्नेह फर्टिलिटी सेन्टर
एञ्जल फर्टिलिटी सेन्टर
ह्याम्स अस्पताल

जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी, सहकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्थाले टेस्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न नियमावलीको अनुसूची–९ बमोजिम अनुमति लिनुपर्ने प्रावधान छ । तर निसन्तान दम्पतीलाई सेवा दिने नाममा धेरै सेन्टरले अनुमती बिनानै आइभीएफ सेन्टर सञ्चालनमा छन् । आइभीएफ सञ्चालनका लागि स्त्री रोग सेवा, बहिरंग सेवा, युएसजी सेवा, अप्रेसन थियटर, इम्ब्रोलोजी प्रयोगशाला जस्ता न्युनतम आधारभुत पूर्वाधारका आवश्यक पर्दछ । तर अनुगमनका अनुमति लिएका अधिकांशले पनि आवश्यक मापदण्ड पूरा नगरेको भेटिएका छन् । यसरी अनुमती बिना मापदण्ड नपु¥याइ सञ्चालनमा आएका आइभीएफ सेन्टरको गुणस्तर माथि प्रश्नचिन्ह उब्जने यसका जानकारहरुको भनाई छ ।

नेपालमा मात्र हैन निशन्तान दम्पतीका लागि आइभीएफ प्रविधि विश्वभरमा नै लोकप्रिय प्रविधि हो । साथै यो प्रविधिमा प्रयोग हुने विशेषज्ञता तथा आवश्यक उपकरण लगायतका कारण यो प्रविधि महंगो प्रविधि भित्र पर्ने गर्दछ । आइभीएफ प्रविधिको प्रयोगका लागि आवश्यक विभिन्न विधाका विशेषज्ञ मध्ये इम्बा्रेलोष्टि पनि एक हो । तर नेपालमा दक्ष इम्बा्रेलोष्टिको अभाव भएको यसका विशेषज्ञ बताउँछन् ।

नेपालमा आइभीएफ प्रविधि मार्फत सन् २००६ सालमा पहिलो पटक चाबेहिल स्थित ओम अस्पतालमा बच्चा जन्माइएको थियो । त्यसयता नेपालमा पनि आइभीएफ प्रविधिको प्रयोग र विस्तार त्रमिक रुपमा राम्रो नै भएको देखिन्छ । फटिलिटि वर्डका अनुसार विश्वका १० राम्रो आइभीएफ सेन्टर मध्ये नेपाल एक मानिएको छ । तर मंहंगो शुल्क लिएर सेवा दिइरहेका अधिकांश आइभीएफ सेन्टरहरु मापदण्ड तथा अनुमति बिना सञ्चालित हुदाँ भने यस्ता सेन्टरले दिने सेवाको गुणस्तर प्रति भने प्रश्न चिन्ह उब्जाएको छ । जसका लागि सम्बन्धित निकायबाट अनुगमन र निरिक्षण गर्न आवश्यक देखिन्छ ।

LIVE TV