
- त्रिगुणा भट्टराई
काठमाडौं । पछिल्लो समय काठमाडौ भित्रका विभिन्न अस्पतालमा रुघाखोकी, घाँटी दुख्ने र ज्वरो आउँने समस्या लिएर अस्पताल पुग्नेको संख्या बढिरहेको छ । मौसम परिर्वनसंगै देखिने यस्ता स्वास्थ्य समस्या समान्य भए पनि एक व्यतिmबाट अर्कोमा छिटो सर्ने चिकित्सकहरु बताउँछन् । साथै रोग प्रतिरोधात्मक समस्या कम भएका व्यतिmमा अझै छिटो सर्ने भएका कारण सरसफाई तथा खानपिनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
मौसम परिर्वनसंगै विभिन्न स्वास्थ्य समस्या देखापर्ने गर्दछ । अहिले गर्मी मौसमबाट जाडो मौसममा प्रवेश गर्ने समय भएका कारण पनि यो समयमा मौसमी फ्लुले सताउनु समान्य मानिन्छ । जाडोमा भाइरसहरु बढि संक्रिय हुने गर्दछ । जसको कारण अहिले ज्वरो, रुघाखोकी, घाँटी दुख्ने जस्ता समस्या लिएर अस्पताल पुग्नेको संख्यामा बढोत्तरी भएको चिकित्सकहरु बताउछन् । अन्य अस्पतालमा जस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि विरामीको चाप बढेको छ ।
वीर अस्पतालमा पनि पछिल्लो समय रुघाखोकी ज्वरोको समस्या लिएर ओपिडीमा पुग्नेहरुको संख्या बढेको छ । अस्पतालको तथ्यांकअुनसार ओपिडीमा पुग्नेहरु मध्ये करिब ५० प्रतिशत भन्दा बढि विरामीहरुमा ज्वरो रुघाखोकीको समस्या देखिएको छ । त्यस्तै त्रि.वि. शिक्षण अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका विरामीको संख्या बढि देखिएको अस्पतालको भनाई छ । कतिपय आयुर्वेदिक अस्पतालहरुमा पनि रुघाखोकीका विरामी बढिरहेका छन् । मौसम परिवर्तनका क्रममा देखिने स्वास्थ्य समस्या समान्य भएका कारण घरमै उपलब्ध हुने जिरा, अदुवा तथा तुलसीको काडा बनाएर खादाँ लाभ हुने आयुर्वेद चिकित्सकहरु बताउँछन् ।
अहिले रुघाखोकी तथा ज्वरोको समस्या देखिनुका साथै डेंगी संक्रमणसमेत देखिएकाले मौसमी फ्लु र डेंगी विचको विभिन्नता चिन्न सक्नुपर्ने फिजिसियन डाक्टरहरु बताउँछन् ।
मौसमी फ्लु सामान्य रुघाखोकीबाट सुरु हुने गर्दछ । साथै एक्कासी ज्वरो आउने, रुघा र सुक्खा खोकी लाग्ने, टाउको दुख्ने र बच्चामा पखाला लाग्ने जस्ता लक्षण देखापर्दछ । चिकित्सकहरुका अनुसार १ सय भन्दा बढी किसिमका भाइरसहरूले श्वास–प्रश्वास प्रणालीमा संक्रमण फैलाउने खालका भएका कारण यसबाट जोगिन सरसफाइमा ध्यान दिन आवश्यक छ । साथै यस्ता विरामीले भने घरमै आराम गर्ने, नियमित साबुनपानीले हात धुने, पोषिलो खानेकुरा खाने, प्रशस्त पानी पिउने, खोकी वा हाच्छिउँ गर्दा कुहिनो वा पाखुराको प्रयोग जस्ता कुरामा ध्यान दिन चिकित्सकहरुले सुझाएका छन् ।