
- गगन अयडी
बाजुरा । बाजुरामा भुकम्पले अधिकांश भौतिक संरचना तहसनहस बनायो । त्यसैले यहाँको जनजीवन अझै अस्तव्यस्त छ । भूकम्पले शैक्षिक क्षेत्रसमेत प्रभावित बनाएको छ । शैक्षिक संस्थाहरु भत्किँदा विद्यार्थीहरु चौरमा बसेर पठनपाठन गर्न बाध्य छन् । विद्यार्थीको आवाससमेत भत्किदा शैक्षिक सामग्री विहीन भएका विद्यार्थी थप मारमा परेका छन् ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा १६ गते गएको भुकम्पले २ हजार ४ सय भन्दा बढी घर र १४ वटा शैक्षिक संस्थाका भवनहरू पुर्णरूपमा क्षति ग्रत भए । भुकम्पले शैक्षिक संस्थाका भवनहरूमा क्षति पुर्याउँदा अहिले विद्यार्थीहरुको पठाइनै प्रभावित छ । विद्यालय भवन नहुँदा बस्ने ठाउँ छैन भने घर भत्काउदा शैक्षिक सामग्री लगायतका सामन समेत अभाव छ । विद्यालयका भवनहरु भग्नावशेष भएकोले विद्यार्थीहरुलाई खुल्ला आकाशमुनि नै पठनपान गराइएको छ । भुकम्प गएको १० दिन हुँदासमेत सरकारी तथा सरोकारवाला निकायले भने चासो नदिएको विद्यार्थीहरुको गुनासो छ । अहिलेकै अवस्थामा विद्यार्थीलाई पढाउन किनै सकस भएको देखिन्छ ।
यता, खप्तड छेडेदह गाउँपालिकाले भने समस्यामा परेका विद्यार्थीहरुको पहिचान गरी प्याकेजमा समस्याको समाधान गर्ने बताएको छ । पालिकाले तथ्याङक संकलनको काम भइरहेको र छिट्टै बालबालिका तथा अन्य पीििडत समक्ष राहत लिएर जाने प्रतिवद्धता गरेका छ ।
खप्तड छेडेदह गाउँपालिकामा १४ वटा सामुदायिक विद्यालयका भवनहरू पुर्णरूपमा क्षति भएका छन् । १४ वटा विद्यालयका ४ हजार भन्दा बढी विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ ।