
काठमाडौँ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी) को सचिव पदमा उम्मेदवारी दिएका मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
एक दशक बढीदेखि दुबईमा कार्यरत गोर्खाली एनआरएनएको आसन्न ११औं महाधिवेशनको सचिव पदमा उम्मेदवार छन् । उनले एनआरएनएको आगामी कार्यकाल (२०२३–०२५) का लागि सचिव पदमा विजयी गराइ दिन आग्रह गरेका छन् । सो कार्यकालका लागि निर्वाचित गरे आफूले गर्ने मुख्य ४ बुँदामा समेटेर गोर्खालीले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
उनका मुख्य प्रतिबद्धताका बुँदाहरु यस्ता छन्
१, रिटर्नी श्रमिकहरुको पुनस्थापना
२, बिप्रेषण (रेमिट्यान्स)को बृद्धि एवं सामाजिक सुरक्षाको कार्यान्वयन
३, सांगठनिक आर्थिक पारदर्शिता एवं संगठनमा महिला तथा युवाको सहभागिता
४, नागरिकताको निरन्तरतामा मेरो प्रतिबद्धता
(एनआरएनए, आईसीसी)को ११औँ महाधिवेशन आगामी अक्टोवर १७ देखि शुरु हुँदैछ । गोरखाली एनसीसी यूएईको पूर्वउपाध्यक्ष, आईसीसीको सदस्य तथा आईसीसी पूर्वमध्यपूर्व सहसंयोजकसमेत हुन् ।
