
काठमाडौँ । रुसले चन्द्रमामा पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ ।
उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य राखिएको थियो, जसको नाम लूना- २५ राखिएको थियो । झण्डै ५० वर्षपछि रुसको यो पहिलो चन्द्र चन्द्र अभियान थियो । यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो ।
मानवरहित उक्त यान चन्द्रमाको दक्षिणी ध्रुवमा नियन्त्रित अवतरण गर्ने क्रममा कक्षमा पुगेपछि यान दुर्घटनाग्रस्त भएको रूसी अधिकारीहरूले जनाएका छन् ।
उक्त यानको अवतरण सोमवारका लागि तय गरिएको बिबिसीले जनाएको छ ।