२२ फाल्गुन २०७९, सोमबार

काठमाडौं । प्रविधिको प्रयोग गर्नेहरुमा युवा पंक्तिको नै वर्चस्व रहेको छ । अझ पछिल्ला वर्षहरुमा त डिजिटल बैंकिङ प्रणाली प्रयोगकर्ताहरुको संख्या थप उच्च भइरहेको छ ।

घण्टौं पालो कुरेर बैंकिङ काम गर्नु पर्दा भोग्नु परेको समस्याबाट मुक्ति हुने भएकाले पनि युवाहरु डिजिटल बैंकिङमा आकर्षित भएका देखिन्छन् ।

कार्य सहजताकालागि उपभोगी मानिएको डिजिटल बैंकिङलाई थप व्यवस्थित बनाउँदै लिनुपर्नेमा उनीहरुको सुझाव छ । विशेषगरि कोरोना महामारीका समयपछि डिजिटल बैंकिङ प्रणाली प्रयोग गर्नेहरुको संख्या उच्च दरले बढेको देखिन्छ ।

त्यसमा पनि युवा पंक्ति डिजिटल बैंकिङको प्रयोग गर्नेहरुको पहिलो स्थानमा देखिन्छ । पेपरलेस कारोबारको अवधारणालाई आत्मसाथ गरेको डिजिटल बैंकिङ प्रणालीकै कारण विगतका वर्षहरुमा भन्दा अहिले भीडभाड कम हुने गरेको छ ।

सानोतिनो रकम भुक्तानी गर्दा होस वा करोडौंको कारोबार गर्दा डिजिटल बैंकिङबाट सेवा लिइरहेका हुन्छन् यसका प्रयोगकर्ता । डिजिटल बैंकिङमै आरटीजीएसको माध्यमबाट करोडौंको कारोबार गर्न सकिने प्रावधान रहेको छ ।

जसले मानिसहरुको समयको बचतसँगै दैनिकी पनि सहज बनाईरहेको छ । नेपाल राष्ट्र« बैंकले गरेको एक सर्वेक्षण अनुसार सबैभन्दा बढी यूवा पुस्ताहरु वित्तिय साक्षर भएको पाइएको छ ।

१८–३० वर्ष उमेर समुहका मानिसहरुमा वित्तिय साक्षरता दर ६३.२ प्रतिशत रहेको छ । जबकी, ६० वर्ष माथिका मानिसहरुको साक्षरता दर २७.९ प्रतिशत रहेको पाइएको छ ।

डिजिटल बैंकिङ प्रयोग बढेसँगै कागजी नोट बोक्नै छोडेका छन् युवाहरुले । डिजिटल बैंकिङले पारर्दशिता ल्याउने र राजस्व संकलनमा हुने अनियमितता हटाउन सहयोग पु¥याउँछ ।

डिजिटल बैकिङ प्रणालीले बैंकिङ काममा सरलता ल्याएको र यसमा थप केही सुविधा विस्तार हुनु आवश्यक रहेको सुझाव छन् प्रयोगकर्ताहरु ।

डिजिटल बैकिङ छिटो, छरितोसँगै भरपर्दो पनि हुँदै गएको छ । ट्र«ान्जेक्शन टूल्सका रुपमा डिजिटल बैंकिङ सफल रहेको मान्न सकिन्छ । तर, डिजिटल बैंकिङ ट्र«ान्जेक्शनमा मात्र समित हुनूलाई राम्रो मान्न सकिदैन् ।

त्यसैलेपनि डिजिटल बैंकिङमा सुधार गर्नुपर्ने थुप्रै ठाउँ रहेको देखिन्छ । यद्दपी, नेपाल राष्ट्र बैंकले आफैं पनि डिजिटल बैंकलाई प्रोत्साहन गर्नका लागि प्रशिक्षणको काम गरिरहेको छ ।

LIVE TV