
पाल्पा । पाल्पामा तीजको कार्यक्रममा नाचगान गर्ने क्रममा झगडा हुँदा एक जनाको ज्यान गएको छ । पाल्पाको तिनाउँ गाउँपालिका २ मा गएराति तीजको अवसरमा नाचगान कार्यक्रमको आयोजना गरिएको थियो ।
सो नाचमा नाचिरहेका बेला विवादपछि भएको कुटपिटमा २४ वर्षका सुनिल खत्रीको ज्यान गएको प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक खत्री तिनाउँ गाउँपालिका–२ घोडेवासकै रहेको प्रहरीको भनाइ छ ।
उनीहरु साथीहरुबीच नै गएराति विवाद भएको र सोही विषयलाई लिएर आज बिहान सुनिलमाथि कुटपिट भएको हो । गम्भीर अवस्थामा रहेका खत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको प्रहरीको भनाइ छ ।