
- प्रलाद तिमल्सिना
बारा । बाराको निजगढमा पुर्व(पश्चिम राजमार्ग २ घण्टाको लागि अवरुद्ध भएको छ ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा टिपरको ठक्करबाट हिजो दिउसो मोटरसाइकल चालकको मृत्यु भएपछि ट्रक चालकलाई प्रहरीले नियन्त्रण राखिएपछि आक्रोसित आफन्तहरुले ट्रक चालक मुकुन्द पोखरेललाई रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिँदा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।
झडपमा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले बताउनुभयो । घटना भएलगत्तै अपरान्ह ३ बजेदेखि नै मृतकका आफन्तले बन्कुल– निजगढ सडकखण्ड अन्तर्गत सन्तपुर दोस्तिया चोकमा शव तेर्साएर बाटो अवरुद्ध गरेका थिए ।
यता, निजगढमा भने ट्रक व्यवसायिहरुले ट्रकचालकले निर्घात कुटाई खानुपरेकाले दोशीलाई कार्वाहीको माग सहित सडक अबरुद्घ गर्नु परेको नेपाल यातायत स्वतन्त्र मजदुर संगठन ट्रकचालक कमिटीको अध्यक्ष नवराज कार्कीले बताए।
त्यस्तै सडक अबरुद्ध हुदाँ आफुहरु मर्का परेको र अबरुद्ध गर्नु भन्दा सम्बन्धित ठाँउमा गएर कुरा राख्नु पर्ने यात्री रुपक मैनालीले बताए । दिउसो ३ बजेबाट २ घण्टाको लागि सडक अवरुद्ध पारिएछि ५ बजे मात्रै खुलाइएको थियो ।