
काठमाडौँ । नेपालको अग्रणी कन्फेक्नरी कम्पनी सुजल फूड्स प्रा.लि. ले आफ्नो उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान शुरु गरेको छ । वन्ली चोकोफन भन्ने नारा सहितको बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले अधिराज्यभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको छ ।
‘चोकोफन देशकै पहिलो र चकलेट वाफर हो । यसको मिठो स्वाद हरेक बालबालिकाहरुको मनमनमा बसेको छ,’ कम्पनीद्वारा विज्ञप्तीमा भनिएको छ, ‘विगत दुई दशक भन्दा बढी देखि आफ्ना हरेक ग्राहक वर्गमा मिठास छर्दै आएको छ । यस विज्ञापन अभियानमार्फत बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई चोकोफनको साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ ।’
विज्ञापन अभियानको पवर्धन टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक संजाल मार्फत प्रबाह गरिएको छ ।
विगत चार दशकदेखि उत्कृष्ट सञ्चालित कम्पनी सुजल फूड्स प्रा लि को लोकप्रिय उत्पादन हो चोकोफन । अत्याधुनिक मेसिनरी र उच्च स्वस्थकर वातावरणमा सावधानीका साथ चोकोफनको उत्पादन गरिन्छ ।
यस विज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाहरुको जीवनमा चोकोफन अभिन्न अंगका रुपमा स्थापित हुनेमा कम्पनी विश्वस्त रहेको बताउको छ ।