३१ भाद्र २०८०, आईतवार

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आन्दोलनरत चिकित्सकहरु र सरकारी वार्ता टोलीबीच वार्ता भइरहेको छ । सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेका थिए । सो टोली र चिकित्सक सङ्घबीच बिहान ११ बजेदेखि मन्त्रालयमा वार्ता जारी रहेको जनाइएको छ ।

हेटौंडामा चिकित्सक कुटिएको विरोधमा सङ्घको अगुवाइमा चिकित्सकहरूले देशभर आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । चिकित्सकमाथिको आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आज देशभरिका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा सङ्घले बन्द गरेको हो ।

वार्ता टोलीको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन बनाइएको हो ।

LIVE TV