३१ भाद्र २०८०, आईतवार
  • कृष्ण कन्दङ्वा लिम्बू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार अमेरिका र चीन भ्रमणमा निस्किएका छन् । दक्षिण छिमेकी मुलुक भारत भ्रमणको करिब ३ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शबिार अमेरिका भ्रमणमा निस्किएका हुन् ।

उनी उतैबाट असोज ५ गते चीन भ्रमणमा जानेछन् । यसअघि जेठ १७ गते प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा निस्किएका थिए । यो नै उनको यो कार्यकालको पहिलो विदेश भ्रमण थियो ।

संयोग भनौँ प्रधानमनत्रीको भ्रमणअघि भारतले ‘अखण्ड भारत’ नक्सा जारी गर्दै नेपालका लुम्बिनी र कपिलवस्तुलाई समेट्यो । उता अमेरिका र चीन भ्रमणको पूर्व सन्ध्यामा अमेरिकाले विवादित मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपालमा जारी गर्यो । चीनले आफ्नो स्ट्यान्डर्ड नक्सामा नेपाललको कालापानी भारतीय भूभागमा देखाइदियो ।

यसले नेपाल दुई ढुंगाबीचको तरुल भन्ने पुरानो भनाइलाई विस्थापित गरेर अब तीन ढुंगाबीचको तरुल भन्ने भाष्यसमेत स्थापित भएको चर्चा हुन थालेको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्दैछन् । दूरगामी महत्व राख्ने दिगो विकास लक्ष्य, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीलगायतका सवालमा सम्बोधन गर्न राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई संयुक्त राष्ट्रसङ्घले बोलाएको हो ।

भदौ ४ गते नेपालको तर्फबाट प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । यसका अलावा विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखका साथै राजनीतिक सहभागिता हुने निश्चित छ ।

जुन मञ्चमा नेपालले विकास प्राथमिकता, प्रमुख उपलब्धि तथा चुनौती प्रस्तुत गर्ने अवसरसमेत प्राप्त हुनेछ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रचण्डले अमेरिकासामू एमसीसीको प्रष्टता र नेपालले गरेको व्याख्यात्मक टिप्पणीलाई कसरी लिएको छ भन्नेबारे प्रष्टिकरण लिने आशा गरिएको छ । प्रधानमन्त्रीले अमेरिका तथा चीन भ्रमणको विषयमा सर्वदलीय बैठकमार्फत परराष्ट्रविदहरु र सरोकारवालाहरुसँग आइतबार छलफल गरिसकेका छन् ।

छलफलमा परराष्ट्रविद् रमेशनाथ पाण्डेले प्रधानमन्त्रीले भ्रमणका क्रममा सचिव स्तरबाट हुने वार्ता र योजनामा भन्दा पनि भारत र चीन दुवैसँग विश्वासको वातावरण निर्माण गर्न भुमिका खेल्नुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर ७ बुँदै लिखित सुझव दिएको छ । प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणमा नागरिकले थाहा पाउनेगरि नेपालको चुच्चे नक्साबारे धारण राख्नुपर्ने रास्वपाको सुझाव छ ।

यता जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गरिबी निवारणमा चीनको रणनीतिबाट नेपालले धेरै सिक्नुपर्ने धारणा राखेका छन् । डा. राउतले गरिबी निवारणमा चीनले ठूलो सफलता पाएको र त्यसको अनुभवबाट नेपालले पनि गरिबी निवारणमा काम गर्न सक्ने बताए ।

छलफलमा नेताहरुले छिमेकिहरुसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न जोड दिनुपर्ने, विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समिक्षा गर्नुपर्ने, नेपालको असंलग्न परराष्ट्रनीतिबारे छिमेकिहरुलाई विश्वासमा लिनुपर्ने, फर्टिलाईजर क्षेत्रमा चीनको सहयोग माग्नुपर्ने लगायतका बिषयमा जोड दिएका थिए ।

यसपटक उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमणका क्रममा सुरुवातमै प्रधानमन्त्रीले दुई देशको सम्बन्धलाई नयाँ गति दिन केन्द्रीत हुने बताइसकेका छन् । आर्थिक, व्यापार, सीमा नाकाहरु व्यवस्थित गर्ने, सडक, ऊर्जा, बेल्ट एन्ड रोड परियोजना र चीनले जारी गरेको नयाँ नक्साका बारेमा छलफल हुनसक्नेछन् ।

नेपाल सरकारले चीनसामू सरकारस्तरबाट उठाएर उपयुक्त ढंगले सम्झौता र सहमति गरे नेपालको चौतर्फि विकासमा अवस्य फाइदा पुग्ने देखिन्छ ।

प्रधानमन्त्री प्रचडले यसअघिको दक्षिणी छिमेकी मुलुक भारत भ्रमणका क्रममा दुई पक्षिय व्यपार सम्झौता, पञ्चेश्वर आयोजनाको डिपिआर अन्तिम रूप दिने सहमति, रेल संचालन सम्बन्धि समझौता र महाकालीमा दुई पुलको निर्माण गर्ने सम्झौता गरेका थिए । तर प्रमुख चासो र समस्याको विषय भने उनले आफूले उठाएको भनेर प्रधानमन्त्रीले भन्न सकेका थिएनन् ।

प्रचण्डले सीमा समस्याबारे के छलफल भयो भन्ने पत्रकारको प्रश्नमा धेरै कुरा भए । तर सबै कुरा अघि भन्न नमिल्ने भनेर टारेका थिए । प्रचण्डको अमेरिकाको भ्रमणमा पनि मुख्य विषय नउठ्लानकी भन्नेमा शंका नै छ ।

अन्य विषयको उठान होस वा नहोस् तर प्रधानमन्त्रीले अमेरिकालाई एमसीसी र चीनसँग सीमाको विवादको विषय उठाउनै पर्छ । नत्र हामी सबै मिलेर कालापानी र लिपूलेकको नक्सा संसदबाट पास गरेका हौँ भन्दै केपी ओलीलाई दिएको काउण्टरको सार्थकता हुने छैन ।

(भिडियो)

LIVE TV