३१ भाद्र २०८०, आईतवार

काठमाडौं । नेपाल बालकुमारी क्योकुशिन कराते संघको दोस्रो साधारणले श्याम महर्जनलाई अध्यक्षमा निर्वाचित गरेको छ । आइतबार सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा सुवर्ण राज श्रेष्ठ, काजि रत्न महर्जन, ज्ञानेन्द्र महर्जन, विष्णु श्रेष्ठ र उसन बज्राचार्य निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा विकाश महर्जन तथा कोषाध्यक्षमा कृष्ण सुवेदी निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरुमा नारायण अधिकारी, विश्व महर्जन, सुदर्शन खतिवडा, मोहन खड्का, नम्रता लामा, प्रबिन्द्र अवाले, अनिल राई,राजिव महर्जन, रुपेश जोशी, सुरज बज्राचार्य, बिजय महर्जन र विक्रम सिंह निर्वाचित भएका छन् ।

साधारणसभा नेपाल फुल कन्ट्यआक कराते महासंघका अध्यक्ष शालिकराम कुँवर, संघका संस्थापक अध्यक्ष सुरेन्द्र डंगोल तथा राष्ट्रिय खेलकुद परिषदका कानून शाखा प्रमुख नारायण राज अर्यालको आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरुले खेलकुद क्षेत्रमा राजनीति हावी भएकाले खेल र खेलाडीको भविष्य अनिस्चित बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।

उक्त साधारणसभामा गति वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै यो वर्ष पनि मेयर कप राष्ट्रिय फुलकन्ट्याक कराते प्रतियोगिता गर्ने जानकारी दिएको छ ।

LIVE TV