३१ भाद्र २०८०, आईतवार

काठमाडाैँ । एशियन पेन्ट्स नेपालले काठमाडौंमा ‘ब्युटिफुल होम्स बुटिक’ सार्वजनिक गरेको छ । सनिबार काडमाडौँमा पत्रकार सम्मेलन गर्दै आफ्नो अल्ट्रा लक्जरी होम डेकोर शोरुम लञ्च गरेको हो । अत्याधुनिक प्रविधिले सजाइएको बहु–श्रेणी गृह सजावट शोरूममा किनमेल गर्ने ग्राहकहरूलाई आनन्दमय अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । एशियन पेन्ट्सको उक्त ‘ब्युटिफुल होम्स बुटिक’ले उपभोक्ताहरूलाई उनीहरूको सपनाको घरहरू सिर्जना गर्न डिजाइन, परामर्श तथा विभिन्न अनुभवहरु प्रदान गर्ने एशियन पेन्ट्सका सीईओ अमित सिङ्गलले बताए । उनले उपभोक्ताहरूलाई पेन्ट र वालपेपर, मोड्युलर किचेन्स र वार्डरोब, बाथ फिटिङ, सफ्ट फर्निसिङ, युपीभीसी डोर जस्ता घरकालागि आवस्यक विभिन्न उत्पादनहरू उपलब्ध गराउने समेत बताए ।

शाओमीले स्मार्टफोनमा ल्यायो चाडपर्वलाई लक्षित अफरहरु

नेपालमा ग्लोबल टेक्नोलोजीको लिडरका रुपमा रहेको शाओमीले चाडपर्वलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको छ । शाओमीले “चाडपर्वको मुड, अफर टु गुड“ अन्तर्गत लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा दुई हजारसम्मको छुटका साथ बजारमा ल्याएको छ । चाडपर्वको सिजन नजिकिँदै गर्दा, विभिन्न स्मार्टफोनहरूमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर बजारमा ल्याएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले बताए । उनले टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्ने विश्वासका साथ इनोभेटिभ र हाई – क्वालिटी स्मार्ट्फोनहरु सस्तो मुल्यमा बजारमा ल्याएको बताए ।

एक महिनामै २ करोडको चुइगम आयात

पछिल्लो समय नेपालमा चालू आर्थिक वर्षको पहिलो महिनामै २ करोड रुपैयाँभन्दा बढीको चुइगम आयात भएको छ । भन्सार विभागकाअनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को साउन महिनामा २ करोड १४ लाख रुपैयाँको चुइगम आयात भएको छ । जसमा ४६ हजार ६५७ किलोग्राम चुइगम आयात भएको विभागले जनाएको छ । त्यस्तै यसबापत १ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । नेपालमा भारत, अमेरिका, क्यानडा लगायतका देशहरुबाट चुइगम आयात हुने गरेको विभागले जनाएको छ ।

टीसीएलको ‘सेलिब्रेट ग्रेटनेश’ योजना

ओम्दिया बाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यसपालिको दशैं, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेश’ योजना ल्याएको छ । ग्राहकहरुले उक्त योजना अन्तर्गत टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । उक्त योजना अन्तर्गत टि.सि.एल.को कुनै पनि टेलिभिजनको खरिदमा ४४ हजार सात सय रुपैयाँसम्मको आकर्षक छुट पाउन सक्ने र वाशिङ मेसिन खरिदमा १४ हजार चार सयसम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्ने कम्पनिको भनाई छ । नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

फेरि बढ्यो इन्धनको मूल्य

नेपाल आयल निगम लिमिटेडले पुनः इन्धनको मूल्य बढाएको छ । जसमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ मूल्यवृद्धी गरेको छ । यससंगैँ अहिले काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ तथा डिजेल मट्टीतेल एक सय ७३ रुपैयाँ पुगेको छ । काठमाडौंको तुलनामा सुर्खेत र दाङमा प्रतिलिटर एक रुपैयाँ मूल्य सस्तो हुने गरेको छ भने तराईमा दुई रुपैयाँ ५० पैसा प्रतिलिटर सस्तो पर्ने गरेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्य बढेर आएकाले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि अनुसार मूल्यवृद्धि गरिएको निगमले जनाएको छ ।

LIVE TV