
काजाब्लांका क्यासेल्लो । तमु धीं बेल्जियमको अध्यक्षमा संगीता गुरूङ निर्विरोध निर्वाचित भएकी छन् । तमुधी बेल्जियमको तेश्रो अधिवेशनले गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
उपाध्यक्षमा कमल तमु (गजेन्द्र) र आश बहादुर तमु, महासचिबमा सञ्जय तमु, सचिबमा सम्झना तमु, कोषाध्यक्षमा अन्जना तमु, सहकोषाध्यक्षमा सुष्मा तमु, सदस्यहरुमा ईन्द्र कुमारी तमु, सुमन तमु, तारा तमु र संगीता तमुलाई निर्वाचित गरेको छ ।
अध्यक्ष मन्डलका अध्यक्ष एवं अग्रज राम बहादुर गुरुङले अधिवेशनमा नयाँ कार्यसमितिको घोषणा गरेका थिए । नेपाली राष्ट्रिय गान र तमु राष्ट्रिय गान गाएर सुरु भएको अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगर, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा र संस्थाका अध्यक्ष प्रबिना गुरुङले संयुक्त रूपमा गरेका थिए ।
तमुधी बेल्जियमको तेश्रो अधिवेशनलाई एनआरएनए बेल्जियम अध्यक्ष सापकोटा, आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष मगर, नेपाली जन प्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष चन्द्र कुमारी गुरुङ (ईशा), नेपाली जन सम्पर्क समिति बेल्जियमका उपाध्यक्ष विराट जोशी, नेपाली जन प्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ, नेपाली जन प्रगतिशील मोर्चा युरोपका सल्लाहकार विष्णु भुजेल, एनआरएनए आइसिसी सदस्य मदन दवाडी, मोना बेल्जियमका अध्यक्ष रकेन्द्र घिमिरे, किरात राई सोसायटी बेल्जियमका अध्यक्ष इन्दिरा चाम्लिङ, विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना, किरात चुम्लुङ बेल्जियमका अध्यक्ष बदन योङहाङ, तमुधीका सल्लाहकार राम बहादुर गुरुङ र नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा लगायतले शुभकामना दिएका थिए ।
तमुधी बेल्जियमकी निवर्तमान अध्यक्ष प्रबिना गुरुङले आफ्नो कार्यकालमा गरिएका विभिन्न अभियानमा सहयोग गर्ने संघ, संस्था र ब्यक्तिहरु सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा संस्थाको सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । महावीर पुनको राष्ट्रिय आविष्स्कार केन्द्रलाई सहयोग गर्ने सहयोगी संघ संस्थालाई केन्द्रबाट प्रदान गरिएको सम्मानपत्र समेत वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष गुरूङको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन महासचिव कमल गुरुङ तथा स्वागत मन्तब्य उपाध्यक्ष संगीता तमुस्योले गरेका थिए ।