
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौँ । प्राकृतिक उपचार पद्धतिमा पर्ने हट स्टोन थेरापीको प्रयोग नेपालमा पनि पछिल्लो समय बढ्दो क्रममा छ । हजारौं वर्ष पहिलेदेखि विभिन्न पुरातन संस्कृतिमा रोग उपचारका लागि प्रयोग गरिएको स्टोनथेरापी नेपालमा पनि पछिल्लो समय आकर्षण बढ्दो छ । आखिर के हो त स्टोनथेरापी ? कसरी गरिन्छ यसको उपचार ? कस्ता रोगीका लागि उपयोगी यो उपचार पद्धति ?
स्टोन थेरापी कुनै नयाँ उपचार पद्धति होइन यो, हजारौं वर्षदेखि प्रयोगमा आएको प्राकृतिक उपचार पद्धती हो । प्राकृतिक उपचार पद्धती अन्र्तगत मालिस पद्धतीमा पर्ने स्टोन थेरापीमा एक विशेष खालको ढुङ्गाको प्रयोग गरिने गरिन्छ । यसमा प्रयोग गरिने ढुङ्गा ज्यालामुखी निर्मित एक विशेष खालको स्टोन थारापीमा प्रयोग हुने गर्दछ ।
स्टोन थेरापीले विशेष गरी शरीर प्रणालीको कार्यलाई सुधार गर्न मद्दत गर्दछ । हट स्टोन थेरापीका लागि पहिला हर्बल तेलले मसाज गरी, हट स्टोनले सेकेर फेरि मालिस गरिन्छ । एकपटकको मालिस पछि शरीरको पछाडीपट्टिको भागमा जोइन्ट–पोइन्ट पत्ता लगाएर त्यही स्थानमा तातो ढुंगा राखी केही समय सेकताप सकेपछि त्यसलाई झिकेर पुनः मालिस गरिन्छ ।
हट स्टोन थेरापीले तनाव र चिन्ता कम गर्ने तथा मांसपेशीको दुखाई कम गर्नुका साथै निद्रालाई बढाउने प्राकृतिक चिकित्सा क्षेत्रका डाक्टरहरु बताउँछन् । साथै यो थेरापीले क्यान्सरको लक्षण कम गर्न मद्दत गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने दाबी उनीहरुको छ । स्टोन थेरापीबाट शरीका विभिन्न भागका जोइटहरुको दुखाई, लागि प्रभावकारी हुने मानिन्छ । साथै ब्याक पेन, घाँटी तथा टाउको दुख्ने समस्या, घुँडा खिइएको, नसा च्यापिएको लगायत नसर्ने रोगको उपचारका लागि समेत यो प्रभावकारी हुने चिकित्सकहरु बताउँछन् ।
स्टोन थेरापी एक प्रकारको मसाज हो जुन विभिन्न तौलका चिसो र तातो ढुङ्गाको सहायताले गरिन्छ । यो थेरापीले विरामीको शरीरमा केही बिन्दुहरू र ऊर्जा च्यानलहरूमा कार्य गर्नुका साथै विशेष शरीर प्रणालीको कार्यलाई सुधार गर्न मद्दत गर्ने दावी गर्ने गरिएको छ ।