२५ भाद्र २०८०, सोमबार
  • त्रिगुणा भट्टराई बस्नेत

काठमाडौं । नेपाल आयुर्वेद चिकित्सा उपचारका लागि प्रचुर संभावना र सुहाउदो हावापानी भएको देश हो । तर नेपालमा आयुर्वेद उपारचारका लागि उपयुक्त वातावरण भए पनि आयुर्वेद चिकित्साका लागि आवश्यक जनशक्ति कमी लगायतका कारण यसको विकास र विस्तारमा चुनैति थपिएको छ । जसका लागि आयुर्वेदमा आवश्यक जनशतिm उचित कार्ययोजना ल्याउन आवश्यक देख्छन् यसका जानकारहरु ।

आयुर्वेद एउटा सामान्य चिकित्सा मात्र नभर सम्पूर्ण जीवनशैली हो । त्यसैले आयुर्वेदलाई होलिस्टिक चिकित्सा प्रणाली पनि भनिएको छ । नेपालमा आयुर्वेद चिकित्सा पद्धतीको प्रयोग ३ सय वर्ष भन्दा बढि समय देखि भएको पाइन्छ । तर लामो समयदेखि प्रयोगमा आए पनि आयुर्वेद चिकित्सा पद्धतीको विकास र विस्तार जुन गतिमा हुन सक्थ्यो त्यसको अनुरुपमा हुन सकेको छैन । नेपालमा आयुर्वेद अध्ययन–अध्यापनबाट जनशतिm उत्पादन गर्ने काम वि. स १९७९ मा चन्द्रशमशेर जबराबाट भएको थियो । तर आयुर्वेदको औपचारिक शिक्षा भने १९८५ मा नेपाल राजकीय आयुर्वेद विद्यालयको स्थापना सँगै भएको हो । अयुर्वेद मेडिकल काउन्सिलको तथ्यांक अनुसार आयुर्वेद चिकित्सको संख्या १ हजार रहेको छ । तर आयुर्वेद चिकित्सामा गुणस्तरीय सेवा प्रवाह गर्न तथा यो पद्धति विस्तारका लागि आयुर्वेद चिकित्सक तथा जनशक्ति भने पर्याप्त नभएको यसका जानकारहरु बताउँछन् ।

विश्वमा आयुर्वेदको क्षेत्र फराकिलो बन्दै गएको समयमा नेपालमा भने प्रसस्त संभावना भएर पनि आयुवेदको क्षेत्र साँघुरो दखिन्छ । नेपालमा आधुनिक चिकित्साको विकास र विस्तारसँगै आयुर्वेद क्षेत्र साघुरिएको टिपणी समेत हुने गरेको छ । आयुर्वेदको एक पाटो मानिएको जटिबुटी तथा जडिबुटीजन्य औषधीमा आत्मनिर्भर बन्न सक्ने हो भने पनि नेपालको आयुर्वेद क्षेत्रका लगि कोशेढुंगा साबित हुने कतिपयको तर्क छ । साथै आयुर्वेद चिकित्साको अध्ययन अध्यापनमा आर्कषण बढाउन तथा जनशतिm उत्पादन गर्न समेत स्वदेशमै यसका विषयको अध्यापनको लागि उचित कार्ययोजना तथा वातावरण निर्माण गर्नु पर्ने आवश्यक भएको आयुर्वेद चिकित्सकको भनाई छ ।

कोरोना महामारी पछि आयुर्वेद प्रति जनमानसमा विश्वास बढेको छ । तर आयुर्वेद चिकित्सा पद्धतिको विस्तार र विकासमा मात्र नभएर गुणस्तर सेवा प्रभावहको कमीले गर्दा पनि आयुर्वेदप्रति आम नागरिकको विश्वास टिकाइराख्नु एक चुनौतीका रुपमा रहेको यसका जानकारहरुको भनाई छ ।

LIVE TV