२४ भाद्र २०८०, आईतवार
  • ईश्वर जाेशी

सिमानामा चाैकी छैन राज्यमा राज छैन
राज्य बाउकाे बिर्ता ठान्ने नेतामा लाज छैन।

समाज खायाे राजनीतिले देश खायाे गुटले
विदेशीले फाइदा लुटे आपसी फुटले ।

गरिखाने निमुखा छन् गफ दिने नेता छन्
कर्म काला काेइला जसा बाहिर सेता छन् ।

सत्ता फेर्न हात जाेड्ने विदेशीका अघि
तिनै गर्ने ठुला कुरा जसले राज्य ठगे ।

भाइ भतिजा काखी च्याप्ने जनता लत्याउने
यस्ता ढाेगी शासकलाई कसरी पत्याउने ।

स्वास्थ्य, शिक्षा, खानेपानी, बाटोकाे बेहाल छ
चुसी खाने शासकका घर मालामाल छ ।

 ++++

माथि उचाे तल निचाे मङराैँकाे सेराे
जून र घामकाे जसाे साथ तेराेमेराे ।

कैँ जाँजर छिरिझान्छै मङराैँका धारा
रातभरि एक्लै छाडि काँ झान्छै ब्यान्तारा ?

पानी छनै भाँडाे छनै प्युने बानी छनै
बालिबैँस समालेर ज्युने बानी छनै ।

चाैलानीमा माछाे पस्याे कालीका भेलले
एक परान दुईतिर भयाे दैवका खेलले ।

वनभरि सुगन्ध छर्ने कस्तुरीकाे विना
भुलेर जन गरे सुवा बैँस हिनामिना ।

(बैतडी, हाल : नुवाकाेट)

LIVE TV