२१ भाद्र २०८०, बिहीबार
  • प्रमित सिप्तुङ

भोजपुर । भोजपु्रको टक्सार बजारमा खुकुरी प्रहार भएको छ । कृष्णजन्माष्टमी मेला भर्न गएका भोजपुर नगरपालिका – ६ देउराली र नगरपालिका–१२ टक्सारका युवाहरुबीच झगडा हुँदा खुकरी प्रहारबाट दुई जना घाइते भएका छन् ।

घाईते हुनेमा भोजपुर नगरपालिका–९ का वर्ष २६ को अमुल राई र सोहि ठाउँ बस्ने वर्ष २८ का अनिल राई रहेका छन् ।

घाइते दुई जनालाई खुकुरीको टुप्पोले पछाडी ढाडमा लागेर समान्य चोट लागेको बताइएको छ । घाइतेहरुको हाल जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

देउराली र टक्सारका युवाहरुबीच पहिला सामाजिक सञ्जालमा भनाभन भएको र त्यसलाई नै लिएर मेलामा झगडा भएको जनाइएको छ । झगडामा संलग्न रहेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए ।

LIVE TV