
काठमाडौं : सूर्य नेपाल कलिङ साहित्य महोत्सवमा सुमन वर्षाको उपन्यास अन्ततः यन्त्रणाको दोस्रो संस्करणमाथि अन्तरक्रिया सम्पन्न भएकाे छ । मदन पुरस्कार विजेता कथाकार महेश विक्रम शाह, डा. रजनी ढकाल, ज्ञानु अधिकारी र लेखक सुमन वर्षासहित डा. अम्बिका अर्यालले उपन्यासमाथि चर्चा गरेका हुन् ।
कथाकार शाहले उपन्यासमाथि बोल्दै तीन पुस्ताको विषयमा उपन्यास लेख्न धैर्य र साहस चाहिने बताइ । साथै उपन्यासले आञ्चलिकताको राम्रो उपयोग गरेको उनकाे भनाइ थियाे ।
डा. रजनी ढकालले उपन्यासमा नारीलाई सहजशीलता र बहादुर दुवै रूपमा प्रस्तुत गरेको र छोरा नै पाउन पर्ने सामाजिक मानसिकता रहेको कुरा किताबमा सशक्त रुपमा आएको बताइन् ।
ज्ञानु अधिकारीले किताबमा मूख्य पात्रले भोगेको यथार्थ समाजको नजिक रहेको र उपन्यासले नारीको सहनशीलता र समस्यालाई राम्रोसित उतारेको बताइन् ।
अर्यालले किताबको दोस्रो भागको पर्खाइ कहिलेसम्म हो भन्ने प्रश्न गरिन् । लेखक वर्षाले उपन्यास लेख्न ४ वर्ष लागेको र उपन्यासलाई ग्रामीण महिलाको अवस्थाको सूक्ष्म चित्रण गर्ने कोसिस गरेको बताइन् ।
शिखा बुक्सले बजारमा ल्याएको उपन्यासको मूल्य ५२५।– रहेको छ ।