३० श्रावण २०८०, मंगलवार
  • केजिन राई

काजाब्लान्का क्यासेल्लो । बेल्जियमको क्यासेल्लोमा नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमको आयोजनामा आइतबार २९ औँ विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

‘पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासीहरू एक हौँ’ भन्ने नाराका साथ सम्पन्न सो दिवसमा बेनेलक्स र यूरोपियन युनियनका लागि महामहिम राजदूत गेहेन्द्र राज राजभण्डारी प्रमुख अतिथी रहेका थिए ।

प्रमुख अतिथी राजदूत राजभण्डारीले विश्व आदिवासी दिवस संसारभरका आदिवासीहरूको उत्सवको रूपमा मनाइने बताउदै अन्तराष्ट्रिय महासन्धि आईएलओ १६९ जेनेभा कन्भेन्सनबाट पारित अगष्ट ९ को समेत शुभकामना दिए ।

बेल्जियममा आजको दिन धेरै देशका आदिवासीहरुले फरक ढंगले फरक ठाउँमा यो दिवस मनाइरहेको प्रसङ्ग उल्लेख गर्दै उनले परदेशमा समेत भूमे नाच, साकेला सिली, च्याब्रुंग, नोको बांगेलगायत ठेट नेपाली संस्कृति पस्किएर उत्सवको रूपमा नेपाली आदिवासी जनजाति एक ठाउँमा भेला भएर मनाउनु अविष्मरणीय रहेको र यसलाई जिवन्त राख्न सुझाव दिए ।

नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगरको अध्यक्षतामा सम्पन्न आदिवासी दिवसमा उपस्थित सबैलाई उपाध्यक्ष मुना राईले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा सहआयोजक तामांग समाज अध्यक्ष राम लामा, मगर समाज अध्यक्ष लोक राना, पाशा पुच महासचिव शुर्य नारायण श्रेष्ठ, तमु समाज अध्यक्ष होम गुरुङ, किरात राई सोसाईटी अध्यक्ष इन्दिरा राई, याक्थुम चुम्लुंग अध्यक्ष बदन लिम्बु, शेर्पा समाजका संरक्षक पेम्बा गेल्बु शेर्पालगायतले आआफ्नो संस्कारहरूको वर्णन गर्दै नृत्य प्रस्तुत गरेका थिए ।

परम्परागत आदिवासी पहिचान झल्कने पोशाकमा सजिएका आदिवासी नेपालीहरूले साकेला सिली, च्याब्रुंग, नोको बांगे लगायत नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा संघिय समाज बेल्जियम अध्यक्ष नेत्र मगर, एनआरएन पोर्चुगलका पूर्व अध्यक्ष भिम केसी, आदिबासी जनजाति महासंघ पोर्चुगलका उपाध्यक्ष श्रेया राई, किरात राई सोसाईटी पोर्चुगलकी उपाध्यक्ष मोनी राई, एन आर एन बेल्जियम उपाध्यक्ष लोकेन्द्र नेपाल, नेपाली कांग्रेस महासमिति सदस्य तथा बेल्जियम अध्यक्ष सुबास गुरुङ, पर्वत समाज अध्यक्ष नन्दा गुरुङ, कास्की समाज अध्यक्ष जीवन गुरुङ, पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा, नेकपा माओवादी बेल्जियम उपाध्यक्ष मनिस गुरुङ, आईसीसी गङ्गा शर्मा, नेपाली कांग्रेस बेल्जियम पूर्व सभापति ईन्द्र क्षेत्री, एनआरएन ग्लोबल अध्यक्ष पद्म गुरुङ, तमुधि बेल्जियम अध्यक्ष प्रबिना गुरूङ, शेर्पा किदुक बेल्जियमका निवर्तमान अध्यक्ष आङ दोर्जी सोनाम शेर्पालगायतले शुभकामना दिएका थिए ।

कार्यक्रम आयोजनाका लागि आर्थिक सहयोग संघीय समाज बेल्जियमका अध्यक्ष नेत्र मगर तथा विश्व मगर संघ अघ्यक्ष लोक रानाले गरेका थिए। महासंघ बेल्जियम सचिवद्वय उमा तमुस्यो र रबिन राईले संचालन गरेको कार्यक्रमममा मयुमा राई, सुमिना राई, मेलिना राई, रिता कुमारी बुढा, याम कुमारी छन्त्याललागायत कन्याहरूले आदिवासी सत्कार र सम्मान गरेका थिए ।

LIVE TV