९ श्रावण २०८०, मंगलवार
  • युवराज आचार्य

झापा । मुलुकको व्यवस्था फेरियो तर अवस्था ज्युँकात्युँ छ । जनताको भोको पेट शोषित वर्गबाट छट्पटाइ रहेको छ । गरिव गरिबी मै मर्दैछन्, धनी आलिसान महलमा छन् । सिंहदरबार गाउँ–गाउँमा पस्यो तर, जनताको समस्या भने उस्तै छ । मजदूरको पक्षमा वकालत गर्नेहरु हुन वा अन्य नै किन नहुन, सकेसम्म श्रम शोषणका लागि उनीहरु तल्लिन हुन्छन भन्दा फरक पर्ने अवस्था छैन् । यहि अत्याचार चिया बगानमा काम गर्ने मजदूरको हकमा लागू भएको छ ।

झापाको झापागाउँपालिका–२ मा रहेको कुवाडीदेवी टि स्टेट प्रा.लि. मा काम गर्ने चिया वगान कामजदुरहरुले आफुले काम गरेको पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन् । बिगत ४ महिना देखीको काम गरेको ज्याला अझै नपाएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । टि स्टेटले पारिश्रमिक नदिदाँ जिवनयापनमा समस्या परेको उनीहरुको दुखेसो छ । बारम्बर ताकेतागर्दा पनि बिगत ४ महिना देखी बगानमा काम गरेको पारिश्रमिक नपाएपछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाइ छ ।

चिया उद्योगमा काम गर्ने सय बढी मजदुरले करिब ४० लाख भुक्तानी पाउन बाँकी रहेको र सो रकम नपाएसम्म आन्दोलन गरिरहने मजदुर अगुवाको भनाई छ ।

यता, टि स्टेटका संचालक सुरेश अग्रवालले विविध कारणले बिगत केहि महिनादेखि मजदुरको पारिश्रमिक रोकिएको र अब चाडैं भुक्तानी गरिने बताए । झापा गाउँपालिका स्थित करिव तीन सय विगाह क्षेत्रफलमा फैलिएको यो चिया बगानमा कार्यरत मजदुरहरु अधिकांश अतिबिपन्न बर्गका रहेका छन् । यसरी चिया मजदुरीबाट नै जिविकोपार्जन गर्दै आएका उनीहरुलाई यतिका लामो समयसम्म पारिश्रमिकन दिनु बगान व्यवस्थापनको गैर जिम्मेवारीपन हो यसतर्फ सरोकारवाला निकायले ध्यान पुर्याओस् ।

 

LIVE TV