१७ असार २०८०, आईतवार

तस्वीर १ :पाँचथरको मेची राजमार्गमा पर्ने हेवा खोलामा ३ असारमा अविरल वर्षापछि आएको बाढिका कारण पहिरोले पुल बगाएपछि पुल नहुँदा बासले बनाएको पुलबाट वारिपारि तर्दै सर्वसाधारण ।

तस्वीर २ :  बागलुङ नगरपालिका–९ तित्याङ र गैह्रा फाँट जोडने झोलुङगे पुल जीर्ण भएपछि काठेपुल निर्माण गर्दै मजदूर । बर्खाले खहरे खोला बढेपछि ग्रामीण क्षेत्रमा धमाधम स–साना पुलहरु निर्माण हुन थालेका छन् ।

तस्वीर ३ : बाढीले बगाएको पाँचथरको याङवरक गाउँपालिका–२ मा पर्ने पुष्पलाल मध्यपहाडी (लोकमार्ग)को मेवा खोला पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला ।

तस्वीर ४ : पाँचथरको मेची राजमार्गमा पर्ने हेवा खोलामा ३ असारमा अविरल वर्षापछि आएको बाढीका कारण पहिरोले पुल बगाएपछि पुल नहुँदा वारि र पारि रोकिएको सवारीसाधन ।

तस्वीर ५ : नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना– ५ मुग्लिन नजिकै ३ नं पुलमा खसको पहिरोका कारण बिहीबारदेखि सडक बन्द हुँदै आएको छ । मूल बाटो बन्द हुँदा मुग्लिन र पाँचकिलो पारि तनहुँको आँबुखैरेनीको बाटो हुँदै जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण ।

तस्वीर : रासस

LIVE TV