२६ जेष्ठ २०८०, शुक्रबार
  • दानबहादुर बुढा

मुगु । सरकारले योजना निर्माण गर्दा विभिन्न समिति, उपसमितिको निर्माण तथा टेण्डरको आह्वान गर्छ र सोही अनुरुप काम लगाउछ ।

सम्झौता अनुरुप काम भए नभएको अनुगमन पनि गर्छ । तर काम भएका योजनाहरुको भुक्तानी दिने बेलामा नै कार्यालयका प्रमुखहरुको सरुवा गरिदिन्छ, जस्ले गर्दा निर्माण व्यवसायीहरुले भुक्तानी पाउन सास्ती खेप्छन् । यस्तो सास्तीसँग जुध्नु पर्दा व्यवसायीहरु पलायन नै हुने अवस्थामा पुगेका छन् ।

आर्थिक वर्षको अन्त्यमा सामान्यतया कार्यालय प्रमुखहरु योजनाको अनुगमन भुक्तानी मै व्यस्त हुनुपर्ने हो । तर, मुगुको जिल्ला कृषि विकास कार्यालय कार्यालय प्रमुखविहीन अवस्थामा हुँदा कामकाज ठप्प बनेको छ ।

कार्यालयबाट साना सिंचाई आयोजना ९४ वटामा ७६ सम्झौता छन् । साथै, अन्य १८ साना सिंचाई आयोजना सम्झौता हुनै बाँकी छ ।

कार्यालयबाट आर्थिक वर्ष २०७९\०८० को आयोजनाको काम सम्झौता गरी काम सम्पन्न भएको प्राविधिक अनुगमन मूल्याङ्गन हुँदासम्म भुक्तान नपाएको आयोजना अध्यक्षको भनाइ छ ।

भुक्तानीका लागि २ दिन पैदल हिडेर आएपनि कार्यालय प्रमुख नहुँदा समस्या भएको खत्याड गाँउपालिका–११ का कोलगडा कागती खेती सिंचाइ आयोजना अध्यक्षको भनाइ छ ।

त्यस्तै अनुदानका कार्यक्रमहरुको निरन्तरताका लागि पटक पटक कार्यालय धाउदा समेत कार्यालय प्रमुख नहुँदा सेवा पाउन नसकेको स्थानीयको गुनासो छ ।

कार्यालयका प्रमुखहरु पाहुना जसरी केही समयका लागि आउने र सरुवा लिएर फर्किहाल्ने प्रवृत्तिले कामकारबाहीमा समस्या भएको कृषि विकास कार्यालयमा कार्यालयका निमित्त कार्यालय प्रमुख बताउँछन् ।

कार्यलयमा प्रमुखहरु आफ्नो सहजताका लागि मात्र आउने र छोटो अवधिमै फर्किने गरेका छन् । जसका कारण कार्यालय मार्फत हुने कामहरुमा उल्लेख्य प्रगति हुन सकेको छैन भने लाखौँ आयोजना सम्झौता नहुँदा लाखौँका कार्यक्रमहरु फिर्ता जोखिम बढेको छ ।

LIVE TV