१३ जेष्ठ २०८०, शनिबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको दक्षिण अफ्रिका र जिम्वावेको यात्रामा अन्योलता छाएको छ । उनी विरुद्धको मुद्दामाथि आगामी मंगलबार पनि सुनवाई नभए उनले विदेशमा क्रिकेट खेल्न जान पाउने सम्भावना कम देखिएको छ ।

जिम्बावेमा हुने विश्वकप क्वालिफायरको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टीम मंगलबार बेलुकी दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ । तर, टीमका प्रमुख खेलाडी सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने वा नजाने अझै टुंगो लाग्न सकिरहेको छैन ।

जिल्ला अदालतमा विचाराधीन मुद्दामा एकपछि अर्को सुनवाई स्थगित हुँदा सन्दीपको दक्षिण अफ्रिका र जिम्वावे भ्रमण अन्योलमा परेको हो ।

अब मंगलबारको सुनवाई समेत स्थगित भए उनी दक्षिण अफ्रिका नजाने मनस्थितिमा रहेको स्रोतले जनाएको छ ।

विहिबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँग भएको छलफलमा पनि उनले यस विषयमा आफ्नो गुनासो राखेका थिए ।

LIVE TV