
काठमाडौं । नेपालले पछिल्लो १० महिनामा ३१ लाख ७१ हजार ९ सय ९७ थान भ्याप (इ–सिगरेट) आयात गरेको छ । प्राप्त तथ्यांकअनुसार यो मुलुकमा हालसम्मकै सबैभन्दा धेरै भ्याप आयात भएको हो ।
पछिल्लो दुई आर्थिक वर्षमध्ये २०७८/७९ भ्यापको आयात केही न्यून देखिन्छ । २०७८/७९ को आर्थिक वर्षमा भ्यापको आयात ४ लाख २६ हजार ३७२ थान भएको देखिन्छ । तर, त्यस यता भ्याप आयात कयौँ गुणाले वृद्धि भएको देखिन्छ । यस्तै, अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भ्यापको आयात २९ हजार २८ थानमात्र आयात भएको देखिन्छ ।
पछिल्लो आर्थिक वर्षमा ह्वात्तै बढेको भ्यापको आयात हालसम्मकै उच्च हो । बढिरहेको भ्यापमा अवैध सुनको आयात पनि गर्ने गरिएको आशंका गरिएको छ । भ्याप (भ्यापिङ) भनेको निकोटिन र स्वाद (ई–लिक्विड) युक्त धुवाँ हो ।