११ जेष्ठ २०८०, बिहीबार

काठमाडौं । नेपालको अग्रनी भुक्तानी प्रणाली सञ्चालक, फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइपियो जारी गर्ने पुर्व तयारी सुरु गरेको छ । यसमा लागि फोनपे र एनएमवी क्यापिटलविच परामर्शसेवा सम्बन्धि सम्झौता भएको छ ।

एनएमबी क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आइपिओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ ।

यो सम्झौता संगै एनएमवी क्यापिटलले फोनपेलाइ आइपीयो जारी गर्न चाहिने पुर्व तयारी गर्न सघाउने छ ।

पुर्व तयारीको काम सकिएपछि नियमक निकायबाट आवश्यक स्वीकृति लिइ फोनपेले सर्वसाधारणका लागि आइपीओे जारी गर्ने छ ।

फोनपे आइपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पिनी हो । नेपालको पूँजी बजारमा सार्वजनिक सूचिकृत कम्पनी बन्न पाइला चालिरहेको फोनपेको लागि एनएमवी संग सम्झौता एक महत्वपूर्ण कोसेढुङ्गा बनेको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै फोनपेका प्रमुख कार्याकारी प्रमुख दिवस सापकोटाले एनएमवीसंगंको सम्झौताले आफुहरुलाइ थप सहज हुने बताएका छन ।

“हामीले साधारण शेयर जारी गर्ने मात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरि रहेका नेपालका अन्य कम्पनीहरुलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौँ । यस सपनालाई हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदशन गर्नका लागि एनएमबी क्यापिटलसंग सहकार्य गर्न लागेका हौं ।’

फोनपेका प्रमुख कार्यबारी अधिकृत दिवस सापकोटाले भने, “फोनपे सर्वसाधारण जनताको सेवामा समर्पित छ, यो सम्झौताले हाम्रा सेवाहरू सबैका लागि पहुँचयोग्य बनाउने दृष्टिकोणलाइ थप बल पुग्नेछ, नेपालमा आइपीओ ल्याउने विचार गर्ने पहिलो फिनटेक संस्थाको रूपमा, हामी एनएमवी क्यापिटलसँग यो परिवर्तनकारी यात्रा सुरु गर्न पाउँदा हर्षित छौं।’

यसले सम्भावित लगानीकर्ताहरूलाई फोनपेबारे सही र भरपर्दो जानकारीको सुनिश्चितता गर्नेछ। फोनपे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजतपत्र प्राप्त एक अग्रणी डिजिटल भुक्तानी नेटवर्क हो ।

सन् २०१९ देखि सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोन मार्फत नगदरहित भुक्तानी सेवा दिदै आएको छ ।

फोनपे नेटवर्कमा ५८ वटा भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु सदस्य छन, १ करोड ८० लाख भन्दा बढि सन्तुष्ट सेवाग्राही र १२ लाख बढि मर्चेन्टहरु आवद्ध छन ।

यसले दैनिक सात अर्वभन्दा बढीको नगद रहित कारोबारलाइ सहजिकरण गरिरहेको छ ।

एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटल, नेपाल धितोपत्र बोर्ड (सेबोन)द्वारा इजाजतपत्र प्राप्त संस्था हो । यसले मर्चेन्ट बैंकिङको सेवा दिइरहेको छ ।

LIVE TV