९ जेष्ठ २०८०, मंगलवार
  • रितिक अधिकारी

सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरुलाई कारबाही गरी बैशाख महिनामा करिब रु २१ लाख राजश्व संकलन गरेको छ ।

सर्लाही ट्राफिकले बैशाख महिनामा रु २० लाख ६३ हजार पाँच सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रमुख प्रहरी निरिक्षक लेखनाथ मैनालीले जानकारी दिए ।

ट्राफिक निरीक्षक मैनालीका अनुसार दुई हजार ९ सय ५० वटा सवारी साधनहरुलाई कार्बाही गर्दा बैशाख महिनामा रु २० लाख ६३ हजार पाँच सय रुपैया राजश्व संकलन भएको हो ।

जिल्लामा छ सय ५४ वटा ट्रक, ट्यांकर, सात सय ३५ वटा (कार, जिप, भ्यान), एक हजार ३४ वटा मोटरसाईकल,एक सय ३० वटा यात्रु बस,दुई सय १९ वटा ट्याक्टर र एक सय ७८ वटा अन्य सवारीसाधनहरुलाई कार्बाही गर्दा महिनामा रु २० लाख ६३ हजार पाँच सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

वैशाख महिनामा ६३ वटा सवारी साधन दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने १८ जना जना गंभिर घाईते र ७९ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालया सर्लाहीले जनायको छ । दुर्घटनामा एकजना महिला,दुई जना पुरुष र एक जना बालकको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कारबाही गरिएका सवारी साधनहरुमा माद्यक पदार्थ सेवन गरि चलाइएको १४ वटा, भारवाहन क्षमता भन्दा बढी बोकेका चार सय ६५, सिटबेल्ड, हेडबेल्ड नलगाएका दुई सय ५४, सवारी दर्ता किताब तथा सडक इजाजत पत्र नभएका छ सय नौ,सवारी चालक अनुमति पत्र नभएका ७८, सवारी साधनको अवस्था ठिक नभएका तीन सय ३१, तीव्र गतिका एक सय चार,प्रयोजना विपरित सञ्चालीत तीन सय ६७ र सिट क्षमता भन्दा बढी यात्रु बोकेका दुई सय छ वटा सवारी साधनहरु गरी कुल दुई हजार नौ सय ५० वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु २० लाख ६३ हजार पाँच सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक मैनालीले जानकारी दिए ।

ट्राफिक प्रहरीले जिल्लामा सवारी व्यावस्थापनमा निकै चासो देखाएको लागेको छ भने विभिन्न किसिमका जनचेतनामुलक कार्याक्रम पनि सञ्चालन गरि रहेको ट्राफिक प्रहरी ले भारतिय नम्बरका सवारी साधनको हालीमुहाली रहेको सर्लाहीमा पछिल्लो समयमा त्यस्ता सवारी साधनहरु निकै कम भएका ट्राफिक प्रहरीले दाबी छ ।

LIVE TV