
- इन्दिरा चाम्लिङ
काजाब्लांका क्यासेल्लो । एफसी ह्वाटएभर लुभेनद्वारा आयोजित सेभेन ए साईड प्रथम एफसी ह्वाटएभर गोल्डकप–२०२३ खुल्ला युरोपियन नेपालीज फुटबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।
बेल्जियमको क्यासेल्लो फुटबल मैदानमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा प्रथम स्थान एफसी ३०० लुभेन, बेल्जियमले हासिल गरेको छ ।
दोस्रो स्थान नेपालीज स्टारर्स एनआरडब्लु, जर्मनीले हात पारेको छ भने एफसी वुल्भ्स एन्टवर्प, बेल्जियमले जित हासिल गरेको छ ।
यस्तै, बेस्ट प्लेयरका रुपमा जर्मनीबाट विक्रम लिम्बू, बेस्ट गोलकिपरका रुपमा बसन्त मरहठ्ठा (बेल्जियम) र बेस्ट स्कोर सुजन घले (फ्रान्स)ले जितेका छन् ।
विजेता टिमका खेलाडीहरुलाई नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी ज्ञानबहादुर थापाले ट्रफी, मेडल र नगद वितरण गरेका थिए । प्रथम हुने टिमले नगद ४ हजार युरो र ट्रफी हात पार्न सफल भएको छ । द्वितीयले २ हजार र तेस्रोले नगद १ हजार युरो प्राप्त गरेको छ ।
आयोजकले आगामी दिन अझ नयाँ ढंगले खेललाई अघि बढाउने जनाएको छ । साथै, बेल्जियमका नेपाली युवापुस्ताले आयोजना गरेको प्रतियोगितामा नेदरल्याण्ड, जर्मनी, फ्रान्स र बेल्जियमका ११ नेपाली क्लबले भाग लिएका थिए ।