
एजेन्सी । आफ्नो विदेश भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्यू गिनी पुगेका छन् । प्रधानमन्त्री मोदी आइतबार ‘फोरम फर इन्डिया–प्यासिफिक आइल्याण्ड्स कोअपरेसन’ (एफआईपीआईसी)को तेस्रो शिखर सम्मेलनका लागि पपुवा न्यू गिनी पुगेका हुन् ।
सो सम्मेलन भारत र पपुवा न्यू गिनीले संयुक्त रूपमा आयोजना गर्नेछन्।पपुवा न्यू गिनी भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै हुन् । उनको यो दोस्रो भ्रमणसमेत हो ।
मोदी आइतबार पपुवा न्यू गिनी पुग्दा एम फरक दृष्य देखिएको थियो । जब मोदी त्यहाँ पुगे उनको भव्य स्वागत भएको थियो । विमानस्थलमा ओर्लिने वित्तिकै पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले लामो समय अंकमाल गरेका थिए । त्यस्तै मारापेले प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर सम्मान व्यक्त गर्न खोजेका थिए । उनले खुट्टै नढोगे पनि घुँडा सम्म हात लगेका थिए । सो दृष्यले पुपुवा न्यू गिनीले मोदीप्रति उच्च सम्मान व्यक्त गरेको बुझिन्छ ।
As a mark of respect, the PM of Papua New Guinea touches the feet of PM Modi! pic.twitter.com/fltahwD1m7
— BJP (@BJP4India) May 21, 2023
पपुवा न्यू गिनीमा मोदीले जेम्स मारापेसहित र गभर्नर जनरल बब डाडेसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानमा भएको जी–७ देशको शिखर सम्मेलनमा सहभागी भएर आइतबार पपुवा न्यू गिनी पुगेका हुन् ।
मोदीले जापानमा पनि विश्वका उच्चस्तरिय नेताहरुसँग भेट तथा छलफल गरेका थिए ।