
- केजिन राई
ब्रसेल्स । बेल्जियममा किरातीहरुको महान चाँड ‘साकेला उभौली’ तथा येले सम्वत ५०८३ भव्य रुपमा मनाइएको छ ।
किरात राई समाज बेल्जियमले विशेष कार्यक्रम आयोजना गरी बेल्जियमस्थित लुभेन नगरको क्यासेलो काजाब्लांका पार्कमा भव्य रुपमा साकेला मनाएको हो।
आफ्नै मौलिक धर्म, परम्परा र संस्कृति बचाउने मात्र नभई अन्तर्राष्ट्रियकरण गर्ने अभिप्रायका साथ किराती समुदायका व्यक्तिहरुले आफ्नै भेषभुषमा सजिएर साकेला मनाएका छन् । भूमिपुजक भनेर चिनिने यस समुदायले यसअघि पनि बेज्जियममा साकेला सिली नाँच्दै आएको छ ।
उभौली कार्यक्रम किरात राई समाज बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङको अध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगर निम्त्याइएको थियो ।
उनले आदिवासी जनजातिहरूले विदेश भूमिमा आएर पनि आफ्नो संस्कृति बचाउन उत्तिकै सक्रिय रहेकोमा खुसी व्यक्त गरे । साथै, आगामी दिनमा पनि साकेला विशेष रुपमा मनाउन पनि उनले सुझाव दिए ।
बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले पत्रमार्फत शुभकामना सन्देश दिए । यस्तै, कार्यक्रमममा गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका उपाध्यक्ष महेश श्रेष्ठ (जापान), युवा उपाध्यक्ष राज रेग्मी (कतार), युवा संयोजक खगेन्द्र न्योपाने (अष्ट्रेलिया ), नेपाली कांग्रेस (युरोप महामन्त्री) गंगाधर गौतम, एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटा (स्पेन), बेल्जियम अध्यक्ष खड्कबहादुर केसी, एनआरएनए ग्लोबल बेल्जियम अध्यक्ष पदम गुरुङ, शेर्पा किदुग बेल्जियम अध्यक्ष पेम्वा दोर्जे शेर्पा, विश्व मगर संघ अ ध्यक्ष लोक राना मगर, तमु समाज अध्यक्ष ओमराज गुरूंग,संघीय समाजबादी फोरम बेल्जियम अध्यक्ष नेत्र मगर, नेपाली कंग्रेस महासमिति सदस्य तथा जनसम्पर्क समिति बेल्जियम उप सभापति सुबास गुरूंग, प्रवासी नेपाली एकता समाज राप्रपा बेल्जियम अध्यक्ष अनिल थापा, पासा पुचः बेल्जियम अध्यक्ष चीजकुमार श्रेष्ठ, प्रवासी नेपाली मञ्च नेकपी एमाले अध्यक्ष चन्द्र कुमारी (इशा) गुरुङ, नेकपा माओबादी बेल्जियम उपाध्यक्षद्वय मनिस गुरूङ, डिल्लिराम भण्डारी उपस्थित थिए ।
यसैगरी तमुधी बेल्जियम अध्यक्ष प्रविणा गुरुङ, पर्वत समाज बेल्जियम अध्यक्ष नन्दा गुरुङ, तामाङ समाज अध्यक्ष राम लामा, क्षेत्री समाज अध्यक्ष दिपक कार्की, किरात याक्थुम चुम्लुङ अध्यक्ष बदन लिम्बु,पर्बत समाज अन्तर्राष्ट्रिय अध्यक्ष झलक केसी, कास्की समाज अध्यक्ष जिवन तमु, युरो नेपाल कलाकार संघ अध्यक्ष बलराम पुन, सिकलेसपार्चे कल्याणकोष अध्यक्ष ओमराज गुरूङ, पत्रकार एवं स्तम्भकार दिल निशानी, ओम शर्मा, सनत आचार्य, शेर बहादुर परियार पोल्यान्ड, लक्जम्बर्ग, फ्रान्स, बेलायत, अमेरिका, जर्मनी, नेदरल्याण्ड, पोर्चुगललगायतबाट ४ सय जना पाहुनाले सहभागिता जनाएका थिए ।
कार्यक्रममा गायक राजेश पायल राईलाई मुन्दुमी अभिन्नदन गरिएको थियो । कार्यक्रमको सञ्चालन र स्वागत सबनम राई र आशा राईले गरेका थिए । यस्तै, अतिथी सत्कारतर्फ तारा राई, सरू चाम्लिङ, देब बान्तवा राई, मालती राई, धन कुमार बान्तवाले जिम्मेवारी निर्वाह गरेका थिए ।
सहभागी र अतिथिहरूले लगातार साकेला सिली नृत्यमार्फत क्यासिलो पार्कमा रौनकता प्रदान गरेका थिए।