
- ईश्वर जाेशी
पढ्न पठाउँ बाबु नानी
हामी बनाउँछाै विवेकी र ज्ञानी ।
जनशक्ति अभाव छैन हुन्न छलि ठगि
सामुदायिक विद्यालय फेरिदैँ छ छवि ।१
पढ्न पठाउँ बाबु नानी …
हामी आफ्ना बाबु नानी सरकारीमै राख्छाैँ
तपाईंलाई नि सरकारीमै भर्ना गर्न डाक्छाैँ ।२
पढ्न पठाउँ बाबु नानी …
तालिम प्राप्त दक्ष शिक्षक हामीसित नै छन्
हिजाे आज पढ्ने माहोल फेरिएकाे छ झन ।३
पढ्न पठाउँ बाबु नानी …
बरु हेर्न विद्यालय सबै सँगै जाउँ
हामीले नै बनाउनु छ आफ्नाे गाउँ ठाउँ ।४
पढ्न पठाउँ बाबु नानी …
—–
मा.वि. नेपाली शिक्षक, अमर ज्याेति प्राविधिक मा.वि., तादी- ३ नुवाकोट