
- युवराज आचार्य
झापा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन पाँच बर्ष टिक्ने दावी गरेका छन् ।
शुक्रबार झापाको चन्द्रगढीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अहिलेको गठबन्धन देशको आवश्यकताले बनेको बताउँदै उनले यसले पाँच बर्ष नै निरन्तरता पाउने बताए ।
उनले पछिल्लो समय कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न विभिन्न तत्वहरु सक्रिय भएर लागि गरेको बताउँदै त्यसबाट सबै सचेत हुनुपर्ने बताए । साथै उनले मंसिर ४ को निर्वाचनबाट पार्टीले सन्तोषजनक नतिजा ल्याउन नसकेको स्विकार गर्दै त्यसबाट नेता कार्यकर्ता कोहिपनि अहिले नै निरास हुनुपर्ने अवस्था आइ नहालेको बताए । उनले अझ शसक्त भएर जनताको आवाज बुलन्द बनाउन आफ्ना नेता तथा कार्यकर्तालाई अह्राए ।
प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादी पार्टीका केन्द्रीय तहदेखि जिल्ला र स्थानीयतहसम्मका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।