
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २–१ ले हराउँदै नेपालले उपाधि उचाल्न सफल भएको हो ।
खेलको पहिलो हाफमा नेपाल र लाओसको स्कोर १–१ बराबरी थियो । खेलको दोस्रो हाफको ८७ औं मिनेटमा मनिष डाँगीको सुन्दर गोलसँगै लाओस १ गोलले पछि पर्यो ।
खेलको १७ औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । त्यसपछि नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरे पनि लाओस गोल गर्न असफल भयो ।