१७ चैत्र २०७९, शुक्रबार
  • राज दयाल

ओखलढुंगा । चट्याङमा परेर एक जना युवतीको ज्यान गएको छ । जिल्लाको चम्पादेवी गाउँपालिका ६ स्थित भदौरेकी २० वर्षीया शर्मिला कार्कीको ज्यान गएको हो । चट्याङमै परी अर्की १३ बर्षिया बालिका अरुणा कार्की घाईते भएकी छन ।

आज (शुक्रबार) दिउँसो उनिहरु दुवैजना खेतमा गहुँ काटिरहेका थिए । दिउँसो झन्डै ४ बजेतिर पानीसँगै परेको चट्याङले लाग्दा उनीहरु घाइते भएका थिए । उनीहरुको तत्काल उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी रानीबनमा उपचारका लागि लगिएकोमा शर्मिलाको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

अरुणाको भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । घटनाको अनुसन्धानका लागि प्रहरी टोली त्यसतर्फ प्रस्थान भैसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

LIVE TV