१७ चैत्र २०७९, शुक्रबार

काठमाडौँ । राष्ट्रिय सुशासान पार्टीका अध्यक्ष रमेश खरेलले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग मर्जमा जाने बताएका छन् ।

नेपाल प्रहरीका पूर्वडीआईजी  समेत रहेका खरेलले वैशाख १० गतेको उपनिर्वाचनपछि पार्टी मर्ज गर्नेबारे छलफल थालिने बताएका हुन् । रास्वपाबाटै बारा क्षेत्र नं २ मा उपनिर्वाचनको उम्मेदवार बन्ने जनाउँदै खरेलले उपनिर्वाचनपछि रास्वपामै विलय हुन तयार देखिएका हुन् ।

आफू एक्लै चुनावमा जाँदा प्रतिफल नदेखिएको भन्दै उनले ठूला पार्टीसँग भिड्न एक्लै दोक्लै नसकिने अवस्था रहेको बताए । रास्वपाबाटै पार्टी मर्जको प्रस्ताव आएको बताउँदै उनले आफूसहित आफ्नो समूहलाई उचित व्यवस्थापनको सहमति बनेमा मर्ज हुनसक्ने बताएका हुन् ।

LIVE TV