
- प्रकाश ढकाल
गुल्मी । समाजिक विकास, कला संरक्षण र प्रबर्दनमा सरकारको मात्रै भूमिका नरहेर समाजमा स्थापना भएका भिभिन्न सामाजिक संघ, संस्था र क्लबहरुले पनि उत्तिकै उत्तर दाइत्व निमाभाएका हुन्छन् ।
पछिल्लो समयमा यस्तै उदारहण बनेको छ, गुल्मी सत्यवती गा पा वार्ड नं ८ भार्समा रहेको थाप्ले क्लब ।
चैते दशैंको विशेष अवसर पारी राम नावमीका दिन श्री झुलेथुम कालिका देवी मन्दिर व्यवस्थापन समितिको आयोजना , वृन्दा बन आमा समुह र थाप्ले क्लबको सहकार्यमा बृहत धार्मिक तथा सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
धार्मिक आस्थाको संरक्षण तथा कला, संस्कृत, मौलिक गीतको प्रर्वद्धन को उदेश्यले उक्त कार्यक्रम गरिएको थाप्ले क्लबका अध्यक्ष नरु बुढाथोकीले बताए ।
धार्मिक कार्यक्रम अन्तर्गत, झुलेठुम मा रहेको कालिका देवी मन्दिरमा रामायण बाचन, पूजा आजा तथा कृतन भएको थियो, जहाँ भार्सेका भिभिन्न ठाउँ बाट धार्मिक आस्था भएका धर्मावलम्बीहरू को व्यापक उपस्थिति थियो ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत यस क्षेत्रमा गाइदै आएका र लोप हुने अवस्थामा मा रहेका मौलिक गीतहरू तथा सालैजो, ठाडो भाका तथा लोक दोहोरी गीत संरक्षण तथा सोही क्षेत्रका स्थानीय कलाकारहरु लाई प्रोत्साहन गर्ने हेतुले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिचमा लोक दोहोरी, ठाडो भाका, सालैजो , मौलिक भाकाहरु मादलको तालमा गाइएको थियो ।
कार्यक्रमका प्रमुख अथिति सोही वडा का वडा अध्यक्ष होम बहादुर राना ले भार्से को कला संस्कृति संरक्षणमा राम नमबि को अवसर पारेर गरेको यस्तो कार्यक्रम स्वागत योग्य भएको बताउनु भएको बताए।
वीर सिपाईहरुको जन्म थलो भनेर चिनिने भार्से आफैमा पर्यटकिय एबम् धार्मिक महत्त्व बोकेको एतिहासिक ठाउँमा कला तथा यहाँको संस्कृति संरक्षण गर्न सकियो भने निकट भविष्यमै आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थल बन्न सक्ने छ यो ठाउँ ।
क्लब तथा मन्दिर व्यवस्थापन समितिको सहकार्यमा भएको बृहत सांस्कृतिक कार्यक्रमले निरन्तरता पाओस् ।