
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौं । केहि साता अघि सम्म शून्यमा देखिएको कोरोना संक्रमण पुनः उकालो लाग्ने क्रममा छ । अहिले नयाँ कोरोना संंक्रमितको संख्या ६९ सम्म पुगेको तथ्यांकले देखाउँछ ।
कोरोना परीक्षणका क्रममा संक्रमितको सख्ंया बढ्दै गएकाले फेरि कोरोना संक्रमणको जोखिमलाई बढाएको छ । तर अहिले नै संक्रमणले कुन रुप लिन सक्छ भन्ने यकिन नभए पनि कोरोनाको उच्च जोखिम रहेकाले विशेष सावधानी अपनाउन विज्ञहरुको सुझाव छ ।
चैत ७ र ८ गते शून्यमा देखिएको कारोना संक्रमितको संख्या चैत १३ गते ह्वातै बढेर ६९ सम्म पुग्यो । त्यसयता दैनिक २० भन्दा बढि नयाँ संक्रमित थपिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ५ दिनको तथ्यांक हेर्दा अस्पतालमा कोरोना परिक्षण गराएका २ सय ५४ जना मध्ये २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दो क्रममा देखिएकाले सचेत र सावधानी अपनाउन अपिल गरिएको छ ।
नेपालमा कोरोना भाइरसका विभिन्न प्रजातीहरु मध्ये ओमिक्रोन, डेल्टा, अल्फा लगायतका यसका प्रजातीहरु विगतमा पुष्टि भइसकेका छन् ।
ती मध्ये बढि खतरनाक मानिएको ओमिक्रोन प्रजातीका विभिन्न उपप्रजातीहरुले संक्रमणलाई उच्च विन्दुमा समेत पु¥याएका थिए ।
हाल पुनः ओमिक्रोनको नयाँ उपप्रजाती आएको आशंका विज्ञहरुको छ । कारोना संक्रमणको लक्षणहरु मध्ये स्वाद र गन्ध हराउनु प्रमुख कारण लिने गरिन्छ । तर केहि समय यस्ता लक्षणका विरामी नदेखिए पनि हाल पुरानै खालका लक्षण लिएर अस्पताल आउने विरामीको संख्या देखिन थालेको छ । साथै बालबालिका वृद्धवृद्धा, दीर्घरोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले स्वस्थ्य मापदण्ड पालना गर्न विज्ञहरुको सुझाव छ ।
सन् २०१९ को अन्तिमा देखिएको कोरोना भाइरसले नेपालसहित विश्वका अधिकांश मुलुकहरुलाई अझै पनि झस्काइरहेको छ ।
पहिलो पटक देखिएको कोरोना भाइरसको नयाँ नयाँ प्रजाती र यसका उपप्रजातीहरु केहि बढि घातक तथा केहि कम घातक रुपमा लिने गरिन्छ । ती मध्ये ओमिक्रोन बढि संक्रामक मानिएको छ ।
हाल विश्वमा देखिएको ओमिक्रोनको नयाँ उपप्रजाती एक्स बीबी पोन्ट वान पोइन्ट फाइभ अन्य भन्दा बढि संक्रामक मानिएको छ । तर यो त्यति घातक नभएको अहिलेसम्मको अध्ययनले देखाएका छन् । यद्दपि यो नयाँ उपप्रजाती नेपालमा भने अहिलेसम्म पुष्टि भएको छैन ।