१६ चैत्र २०७९, बिहीबार

काठमाडौं। नेपाली कांग्रेस परित्याग गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले आगामी वैशाख १० गते हुने उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेसले उपचुनावमा टिकट नदिएपछि पार्टी परित्याग गरेका वाग्ले रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् ।

रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वटीरमार्फत वाग्ले उम्मेदवार बनाइएको जानकारी दिएका हुन् ।

वाग्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत आजै पार्टी परित्याग गरेको औपचारिक घोषणा गर्दै आगामी नयाँ वर्ष २०८० सँगै नयाँ सार्वजनिक भूमिका देखिने पनि बताएका छन् ।

कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएपछि वाग्लेले पार्टी छाडेका हुन् । आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने पक्का भएको छ ।

LIVE TV