
काठमाडौं । नेपाली कांग्रेसल मन्त्री बन्नेहरुको लिस्ट तयार पारेको छ । प्रचण्ड सरकारमा सहभागी गराउनका लागि कांग्रेसले ८ जना मन्त्री बन्नेहरुको लिस्ट तयार पारेको छ ।
८ मन्त्रीमध्ये ६ जनाको मन्त्रालय टुंगो लगाइएको छ भने दुई जनाको बाँकी रहेको छ । मन्त्री बन्नेहरुमा धनराज गुरूङ, सीता गुरूङ, डिगबहादुर लिम्बू, प्रकाशशरण महत, पूर्णबहादुर खड्का, मोहनबहादुर बस्नेत, एनपी साउँद र रमेश रिजाल रहेका छन् । उनीहरुमध्ये पूर्णबहादुर र रमेशको भने मन्त्रलाय तोकिइसकिएको छैन । उनीहरुलाई परराष्ट्र र रक्षा मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ ।
मन्त्री टुंगो लागेर जिम्मेवारी पाएका धनराज गुरूङ सामान्य प्रशासन मन्त्री, एनपी साउँद सहरी विकास मन्त्री, सीता गुरूङ भूमि व्यवस्था मन्त्री, डिगबहादुर लिम्बू न्याय, कानून तथा संसदीय मामिला मन्त्री, प्रकाशशरण महत अर्थमन्त्री र मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्दै छन् ।
गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले २, २, जनमत पार्टीले १ मन्त्री र एक राज्यमन्त्री पाउने छन् । यस्तै, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक, एक मन्त्रालय पाउने सहमति भएको छ ।