१६ चैत्र २०७९, बिहीबार

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् ।

लोसपाको तर्फबाट भण्डारी मन्त्री बन्ने निश्चित भएको सो पार्टीका एक नेताले जानकारी दिँदै भने, “नेता भण्डारी पार्टीकोतर्फबाट मन्त्री बन्ने निश्चित भएको छ, यो सर्वसम्मत निर्णय हो ।”

सत्तासाझेदार दलको भागबण्डामा लोसपालाई एक मन्त्रालय परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । – रासस

LIVE TV