१६ चैत्र २०७९, बिहीबार

काठमाडौं । उपनिर्वाचन हुन लागेको बारा – २ मा राजेन्द्र महतोले पनि उम्मेदवारी दिने भएका छन् ।

लोकतान्त्रिक समाजावादी पार्टी नेपालको वरिष्ठ नेता महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्ने भएका हुन् ।

पार्टीको आन्तरिक बैठकपछि नेता महतो उम्मेदवार बन्न तयार रहेको बताइएको छ ।

अब केही दिनमा बैठक बसेर पार्टीबाट पनि औपचारिक रुपमा बारा – २ को उम्मेदवार घोषणा हुने लोसपाले जनाएको छ ।

महतो मंसिर ४ को निर्वाचनमा सर्लाही–२ बाट निर्वाचनमा पउठेका थिए । तर उनी नेसपाका महेन्द्रराय यादवसँग पराजित भएका थिए ।

आगामी वैशाख १० गते हुने बारा – २ मा उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवार दिन लगभग निश्चित भइसकेको छ ।

त्यस्तैगरी जनमत पार्टीले माओवादी केन्द्र परित्याग गरेका शिवचन्द्र कुशवाहालाई उठाउँदै छ ।

LIVE TV