
काठमाडौं। गायक निमा शेर्पाले ‘न म आकाशको जुन’ बोलको गीतको भिडियो बजारमा ल्याएका छन् । नेपालको मिनी स्विजरल्याण्ड दोलखाको जिरीका गायक निमा शेर्पा सुधुर स्वरका धनी गायक हुन् ।
गायक रामकृष्ण ढकालसँग मिल्दो जुल्दो आवाज भएका गायक निमाले सोमबार आफ्नै युट्युबबाट रिलिज गरेको सार्वजनिक गीतमा गायक शेर्पाको स्वर, दिपतेन्द्र भावहिनका शब्द, सुरेन चन्दको संगीत रहेको सार्वजनिक गीतको भिडियो गायक स्वयमकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।
गायक निमाले केही दिन अघि मात्रै आफ्नै च्यानलबाट अर्को गीत मेरो जिन्दगीको यात्रा बोलको लिरिकल गीतको भिडियो रिलिज गरेका छन् । जसमा शब्द संगीत सिएल शर्माको रहेको छ । मेरो जिन्दगीको यात्रालाई टिकटकरहरुले निकै रुचाएका छन् । मेरो जिन्दगीको यात्रामा धेरैले टिकटक बनाएको गायक निमाले बताए ।
हेर्नुहोस् सार्वजनिक गीतको भिडियो: