
काठमाडौं । गत आम निर्वाचनमा रामसहाय यादवसँग ३५४ मतले पराजित भएका माओवादी नेता जनमत पार्टीमा प्रवेश गरेका छन् । बारा क्षेत्र नम्बर २ मा पराजित माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माओवादी परित्याग गरेको घोषणा गरे । पार्टीभित्रै जालझेल गरेर आफूलाई माइनस पारिएको उनको आरोप छ ।
उनलाई पराजित गरेका नेता रामसहाय यादव अहिले उपराष्ट्रपति बनेका छन् । त्यसपछि सो क्षेत्रमा पुन उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचको मुखैमा उनी जनमत पार्टी प्रवेश गरेका हुन् ।
अब उपनिर्वाचनमा उनलाई जनमतले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने छ । यसअघि उनी उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा थिए ।