
काठमाडौं । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनदलहरुको बैठक फेरी ३ बजे बस्नेगरी सकिएको छ ।
बुधबार बिहानबाट बसेको बैठक विननिष्कर्ष सकिएको एक नेताले बताए । तर फेरी ३ बजे उक्त बैठक बस्ने जनाइएको छ ।
सत्तारुढ १० दलको बैठकमा कुन मन्त्रालय कस्ले र कुन दलले कति मन्त्रालय प्राप्त गर्ने भन्ने विषयमा छलफल जारी छ ।
स्रोतका अनुसार आजै मन्त्रिमण्डल विस्तार हुनेगरी बैठक बस्नेछ । सम्भवत आज गठबन्धनका सबै दलबाट एक\एक मन्त्री बन्नेगरी मन्त्रिपरिषद विस्तार हुनेछ । अहिलेलाई लञ्च ब्रेकका लागि बैठक स्थगित गरिएको बताइएको छ ।
त्यस्तै आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको लागि पनि छलफल चलेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बिस्तार हुन लागेको हो ।