१२ चैत्र २०७९, आईतवार
  • अनिल तिवारी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अवैध उत्खनन् गर्ने स्काभेटरसहित ४ वटा टिपर महानगर प्रहरीले नियन्त्रणमा लिएर कार्यालयमा बुझाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिना भन्दा अघि देखि अवैध रुपमा उत्खनन् गर्दै आएको सूचनाको आधारमा महानगरले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ दर्दवा स्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिना भन्दा अघि देखि अवैध रुपमा उत्खनन गर्दै आएको सूचनाको आधारमा महानगरले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।

नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका नेतृत्वमा खटेको टोलीले ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर नियन्त्रणमा लिएर वीरगञ्जको आदर्शनगर स्थित बालमन्दिरको परिसरमा ल्याएको छ ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशन अनुसार नगर प्रहरी निरीक्षक भुषालकै नेतृत्वमा दर्दवा पुगेको टोलीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको महानगरपालिकाले जनाएको छ ।

गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई निजी स्वार्थका लागी प्रायोजन गर्नेहरुलाई कडा कारवाही गर्नुपर्ने माग गर्दै स्थानियले महानगपालकामा उजुरी गर्दै आएका थिए । जग्गा उत्खन्न गर्नेलाई कडा भन्दा कडा कार्यवाहि हुनु पर्ने स्थानियहरुको माग समेत रहेको छ । अहिलेसम्म खनेको झण्डै २ विघा क्षेत्रफल जमिनको माटोका क्षतिपुर्ती पनि लिनुपर्ने स्थानियहरुको मागसमेत रहेको छ ।

यसअघि पटकपटक प्रहरी चौकी परवानीपुरलाई खबर गर्दा पनि कुनै पहल नचालेको हुँदा यसमा प्रहरीको पनि मिलेमतो भएको हुन सक्ने स्थानीय आरोप समेत रहेको छ ।स्थानिय परवानीपुर प्रहरीले बेवास्ता गरेपछि स्थानियले महानगर प्रमुख राजेशमान सिंह श्रेष्ठलाई खबर गरेका थिए । खबर पाउने बितिकै महानरपालिकाले कार्यवाहिलाई अगाडि बढाउदै नगर प्रहरीको टोली खटाएको थियो ।

महुवन गुठीको नाममा रहेको जग्गा व्यक्तिगत स्वार्थपुर्तीका लागि प्रयोग हुदै आएको थियो । ‘यहाँ माटो उत्खनन् गरेर प्रति टिपर १५ सय देखि ३ हजार रुपैयाँसम्म प्रति टिपर बच्ने गरेका र जग्गामा पोखरी खनेर माछापालन गर्ने केहि व्यक्तिहरुले योजना बनाएको जनाइएको छ । गुठिकै स्वामित्वमा रहेको १२ बिग्घा स्थानिय व्यक्तिहरुले पोखरी खनेर माछापालन समेत गर्दै आएका छन् । तरपनि गुठी कार्यालयका प्रमुख र कर्मचारीहरु मौन रहेको प्रति स्थानियहरुको आशंका समेत रहेको छ ।

उक्त माटो खन्ने कामको ठेक्का चन्द्रिका पटेलले लिएको गाउलेहरुले महानरपालिकालाई जनाएका छन । जग्गाको अतिक्रमण हटाउने अभियान चलाएको बताउँदै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत रुपमा प्रयोजन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् । साथै उनले महानगरका अन्य क्षेत्रमा पनि सार्वजनिक वा गुठीको जग्गा दुरुपयोग भएको वा अतिक्रमणमा परेको भए महानगरलाई खबर गर्न पनि आग्रह गरेका छन् ।

LIVE TV