
- अनिल तिवारी
वीरगन्ज । विश्व वित्तीय सप्ताह कार्यक्रमअन्तर्गत युवा तथा महिलाहरुलाई घरायसी वित्तीय कारोबार गर्ने परीक्षण दिइएको छ ।
कारोनापछि परिवर्तित आर्थिक गतिविधिलाई मध्यनजर गर्दै बाराको सिमरामा रहेको एक वित्तीय संस्थाले आइतबार प्रशिक्षण दिएको हो ।
विश्व वित्तिय सप्ताह २०२३ को क्रममा लघुवित्त कार्यक्रममा आबद्ध ग्राहकका छोराछोरी,किशोररकिशोरी तथा युवा, युवती, सर्वसाधारण तथा विद्यार्थीहरुमा वित्तीय शिक्षाबारे जानकारी गराउँदै घर परिवार चलाउदा यसको महत्व र बचत गर्नेबारे जागरण ल्याउने उद्देश्यले उक्त प्रशिक्षण दिइएको आयोजकले बताएका छन्। छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको क्षेत्रीय कार्यालय परिसरमा आयोजित जीतपुर ‘क’,‘ख’ र सिमरा शाखाले संयुक्त रुपमा उक्त ज्ञानमुलक कार्यक्रमको आयोजना गरेका थिए ।
कार्यक्रममा सहभागी पर्सागढी नगरपालिकाकी टीका श्रेष्ठले लघुवित्तिय संस्थाले आफुहरुलाई कुसल गृहणी बनाएको बताउँदै उनले भनिन्, ‘१४ बर्ष देखि छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडसंग कारोबार गर्दै आएको छु, सुरुमा मैले १५हजार रुपैया लिएर ऋण लिएर किराना पसल, त्यपछि भैंसी पालन जस्ता व्यवसाय गरे ,त्यपछि म अहिले ७लाख रुपैया लिएर ट्रकमा लगानी गरेको छु ,वित्तिय कारोवारले मलाई खुसी र सुखी दुबै बनाएको छ ।’
संस्थाले आइतबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएपछि उनले बचत गर्ने बानी र त्यसको उचित प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने बानी बसाल्नु पर्ने कुरो राम्रोसंग बुझेको बताइन्। यसैगरी जीतपुरकी ४० बर्षिया लक्ष्मी निधिले कारोनाको कहर पछि थलिएको आफ्नो सिलाई कटाई प्रशिक्षण र टेलरको व्यापार थलिए पछि लघुवित्तिय संस्था सहारा भएको बताइन्।
आफूले लिएको ऋणबाट धागा र बटमको पसलसँगै सिलाईका काम फेरी सुरुगरेको बताउदै आफूले पाएको प्रशिक्षणबाट बचत गर्ने विधि र बचत रकमको योजनाबद्ध खर्च गर्ने तरिका बारे जानकारी पाएको बताइन् । टेलर र धागो पसल सञ्चालन गर्दै आएकी उनले संस्थाबाट लिएको ३ लाख रुपैया ऋण पनि चुक्ता गरी सकेको बताइन् । ‘क्षमता भन्दा बढी ऋण लिनु हुन्न र ऋण लिएपछि तिर्नु पर्छ भन्ने मानसिकता हुनु पर्छ,’ उनले भनिन्, ‘त्यसो गर्दा हामी जस्ता साना उद्यमी व्यवसायीहरु कहिल्यै टाटपल्टिने समस्या आउदैन ।’
प्रशिक्षण कार्यक्रमबाट वित्तिय ज्ञान, शिप, मनोवृत्ति र व्यवहारमा परिवर्तन ल्याई वित्तिय सक्षमता अभिवृद्धीका माध्यमले विवेकशिल वित्तीय निर्णय लिन सघाउने र आर्थिक सम्बृद्धिमा योगदान गर्नु पनि मुख्य उद्देश्य रहेको संस्था मधेश प्रदेश कार्यालयका प्रमुख लालबहादुर यादवले जानकारी दिए ।
कार्यक्रममा बचत, बिमा, विप्रेशन, शेयरलगानी, कर्जा, लघुउद्यम, पारिवारिक बजेट, नोटको जतन आदि बिषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणको सहजकर्ताहरुमा ज्ञानेश्वर प्रसाद सोनार, अभय शर्मा, कृष्ण वन, सुरेश अर्याल, बिनोद साह, लक्ष्मण कुमार क्षेत्री लगायतको सहभागिता रहेको थियो ।