१२ चैत्र २०७९, आईतवार
  • प्रलाद तिमल्सिना

बारा । देशको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएपछि रामसहाय यादव पहिलोपटक गृह जिल्ला बारा पुगेका छन् । यादव काठमाण्डौबाट सिमरा विमानस्थल हुँदै बारा आएका हुन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो बारा भ्रमण हो । बारा आए लगत्तै उपराष्ट्रपति यादवले बरियारपुरमा रहेको गढीमाई मन्दिरमा पुजा गरेका छन् । पुजासंगै बरियारपुरमा आयोजित कार्यक्रममा समेत उपराष्ट्रपति यादव सरिक भएका छन् ।

आफू निर्वाचित क्षेत्रमा समेत पर्ने ऐतिहासिक गढीमाई मन्दिरमा पुजा गर्दै उपराष्ट्रपति यादवले दुई दिने भ्रमणको सुरुवात गरेका हुन् ।

मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यादव बारा २ बाट दोस्रो पटक निर्वाचित भएका थिए । उपराष्ट्रपति यादवलाई सिमरा विमानस्थलमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव लगायतले स्वागत गरेका थिए ।

उनी भोलि बाराको सिम्रौनगढमा आफू पढेको कन्काली मा वि विद्यालय र कन्काली माई मन्दिर भ्रमण गर्ने योजना रहेको छ ।

LIVE TV